×

NIC ASIA

गौतमबुद्ध विमानस्थल र बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको 'धक्का' !

चिनियाँ प्राविधिक फर्किन नपाउँदा प्राविधिक काम ठप्प

फागुन ११, २०७६

Prabhu Bank
NTC
Premier Steels

यस क्षेत्रमा निर्माणाधीन २ ठूला आयोजनाको काम अगाडि बढाउन समस्या देखिएको छ ।

Muktinath Bank

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल–नारायणगढ सडक खण्डमा कार्यरत प्राविधिक सहितका चिनियाँ कामदार फर्किन नसक्दा पूर्वाधार निर्माणमा समस्यासँगै चिन्ता थपिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती प्राविधिक तथा कामदारहरू चिनियाँ नयाँ वर्ष (जनवरी २५) मनाउन गएको समयमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि फिर्ता हुन पाएका छैनन्, त्यसको प्रत्यक्ष प्रभाव यी २ ठूला आयोजनामा परेको छ ।


Advertisment
Nabil box
Kumari

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले कामदारहरू फर्किन नपाउँदा टर्मिनल भवनभित्रको कन्भेयर वेल्ट र धावनमार्गमा लाइट जडानको काम ठप्प भएको लोकान्तरलाई बताए ।

Vianet communication

‘हामी उपकरण जडानको अन्तिम फेजमा थियौं’ अधिकारीले भने, ‘घर गएका कामदारहरू फर्किन पाएनन्, अन्य भौतिक संरचनाहरूको काम भइरहेपनि प्राविधिक क्षेत्रको काम ठप्प भएको छ ।’ 

सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिएपनि काम नसकिँदा फेरि विमानस्थल निर्माणको म्याद ३ महिना थपिएको छ ।

अहिलेकै अवस्था रहने हो भने थपिएको समयमा पनि विमानस्थल निर्माण पूरा हुनेमा आशंका बढेको । हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजना प्रमुख अधिकारी बताउँछन् ।

कोरोना भाइरसको महामारीपछि चीनले हवाई र सडक यातायातमा रोक लगाउनुका साथै सीमा नाका बन्द गर्दा नेपालको पर्यटन र पूर्वाधार विकासमा प्रत्यक्ष असर देखिन थालेको छ । 

शिलान्यास भएको झण्डै एक वर्षपछि बल्ल काम शुरू हुन लागेको बुटवल नारायणगढ सिक्स लेन सडक विस्तारको कामलाई पनि कोराना भाइरसले अप्ठ्यारोमा पारेको छ । 

चिनियाँ कामदारहरू फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले कामलाई अघि बढाएका छन् । अहिले बुटवलदेखि नारायणगढसम्मको कुल १ सय १३ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । 

सडक विस्तारको काम चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले लिएको छ । सडक विस्तारको कामअन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ किलोमिटर सडकको एक खण्डमा काम शुरू भएको छ । त्यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ । दुवै खण्डमा हालसम्म रूख कटानको काम भइरहेको छ ।

केही स्थानमा रूख कटानको काम सकिएको छ । बर्दघाटदेखि खैरहनीसम्मका रूख काटिसकिएको छ । खैरहनीबाट बुटवलसम्मका रूख काट्ने काम केही दिनमा शुरू हुने नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इञ्जिनीयर युवराज पाण्डेले बताए । ड्रेन, पुलको काम पनि अघि बढेको छ ।  बिजुली र खानेपानीको पाइप व्यवस्थापनको काम अगाडि बढाउन थालिएको छ ।

व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार रहेको आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन् ।

आधाभन्दा बढी प्राविधिक र कामदार चीन गएका छन् । ‘केही प्राविधिक र कामदारहरू घर छुट्टीमा गएका छन् । केहीको डकुमेन्ट नमिलेकाले मिलाउन गएका छन् । रोगको संक्रमण देखिएपछि उनीहरू चीनमै रहेका छन्,’ इन्जिनियर पाण्डेले भने । 

नेपालमा आएपनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको पाण्डेले बताए । 

‘चाइनिज कामदारहरू नआएपछि उनीहरूको ठाउँमा नेपालीले काम हेरेका छन् । केही समस्या भएपनि शुरूआती चरण भएकाले त्यति ठूलो समस्या भने छैन । तर केही दिनपछि पनि फर्किएनन् भने समस्यै हुन्छ,’ उनले भने ।  

उक्त खण्ड विस्तारको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सन् २०२२ अगस्त १ मा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

सडक विस्तारका क्रममा नदीजन्य पदार्थको अभावले पनि समस्या भएको पाण्डे बताउँछन् ।

‘सडकका लागि उपयुक्त माटो पाउन समस्या छ । अहिले पश्चिम नवलपरासीको ज्यामिरे र बाँसाबसहीको माथिल्लो भागबाट माटो ल्याएर काम भइरहेको छ, त्यहाँ सकियो भने समस्या हुन्छ,’ पाण्डेले भने ।

पूर्वाधारसँगै पर्यटन क्षेत्रमा पनि कोरोनाले प्रत्यक्ष असर पुर्‍याएको छ । लुम्बिनी आउने पर्यटकको संख्या पनि घट्दै गएको छ ।

भारतले पनि नेपाल–भारत सीमा नाका बेलहिया (सुनौली)मा चिनिया पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x