बैंक अफ काठमाण्डू लिमिटेडको 'बिओके सहज बचत खाता' सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको  छ ।


Advertisement

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरूले मात्र रु २५ मा नै खोल्न सकिनेछ।

उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरू रहेका छन् ।  


Advertisement

साथै, अन्य ग्राहकमुखी विशेषताहरू सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरूको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्