×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा सरदर ३ दिनमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

फागुन १३, २०७६

NTC
फाइल फोटो
Premier Steels

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको क्रम डरलाग्दो छ । 

Muktinath Bank

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको पछिल्लो ३ वर्षको तथ्यांकले सुदूरपश्चिममा सवारी दुर्घटनाको डरलाग्दो अवस्था चित्रण गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्यांक अनुसार सरदर ३ दिनमा १ जनाको मृत्यु हुने र २ जना घाइते हुने गरेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

आव २०७३/२०७४ मा मात्रै १८४ वटा सवारी दुर्घटना भएको थियो । जसमा परेर १४७ जनाको ज्यान गएको थियो भने १४१ जना घाइते भएका थिए ।

Vianet communication

आव २०७४/२०७५ मा १६४ वटा सवारी दुर्घटना भएको थियो । जसमा मृत्यु हुनेको संख्या ९६ जना र घाइते हुनेको संख्या २०५ थियो भने आव २०७५/२०७६ मा सवारी दुर्घटना अझ बढेको देखिन्छ । २३४ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु भएको थियो भने घाइतेको संख्या २२५ जना थियो ।

चालू आर्थिक वर्षमा पनि सवारी दुुर्घटना न्यूनीकरणको संकेत देखिएको छैन । साउनदेखि यता माघसम्ममा ८७ वटा सवारी दुर्घटना घटेका छन् । जसमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने ३२ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मोटरसाइकल दुुर्घटना टाउको दुखाइ

सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमध्ये मोटरसाइकल परेको छ । चालू आर्थिक वर्षको ७ महिनामा मात्रै ६४ पटक मोटरसाइकल दुर्घटना भएको छ । सबैभन्दा बढी दुर्घटना हुने जिल्लामा कैलाली हो ।

प्रदेश राजधानी हुनुको साथै सवारी चाप पनि बढी हुने जिल्लामा कैलाली पर्छ । खासगरी उच्च गति, हेलमेटको प्रयोग नगरिनुलगायत असावधानीले गर्दा मोटरसाइकल दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

अन्य प्रदेशको तुलनामा भने दुर्घटना कम रहेको तथा सवारी दुर्घटना न्यूनीकरणमा सुधार हुँदै गएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक लोकन्द्र श्रेष्ठ बताउँछन् । पछिल्ला वर्षमा सवारी चाप अत्याधिक बढेको बताउँदै उनले त्यसको अनुपातमा सवारी दुर्घटनामा कमी आएको दाबी गरे ।

समय–समयमा गरिने ट्राफिक सचेतना कार्यक्रम र गरिएको कडाइले गर्दा कमी आएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । नियममा गरिएको कडाइले राजस्व संकलनमा वृद्धि भएको छ । चालू आवको माघसम्ममा मात्रै २ करोड ५३ लाख ४४ हजार राजस्व संकलन भएको जनाइएको छ ।

गत आव २०७५/२०७६ मा ४२ हजार ७४५ जना कारवाहीमा परेका थिए । जसमध्ये ७०२ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कारवाहीमा परेका थिए । उनीहरूबाट मात्रै ७० हजार २ हजार जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन् ।

प्रहरीको ‘३ एम’ सूत्र

सवारीसाधन दुर्घटना न्यूनीकरणको लागि ट्राफिकले ३ एम (म्यान, मशिन र मटेरियल) को संयोजन महत्त्वपूर्ण रहेको जनाएको छ । सवारीसाधनको अवस्था, सवारी हाँक्ने मानिस, सडकको अवस्था कस्तो भन्नेमा निर्भर रहने प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्, ‘कुुनै पनि व्यक्ति सवारीको चालक मात्रै हुुँदैन, यात्रु पनि हो । उसले आफ्नो यात्रा सुरक्षित गर्नलाई सवारी कुन अवस्थामा छ ? सडकको अवस्था कस्तो छ ? ग्राभेल कस्तो छ ? विद्यालय छ कि जंगल छ ? ध्यान दिनुपर्छ । यी कुराहरू मात्रै ध्यान दिएको अवस्थामा धेरै हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

डमी ट्राफिक र प्रहरीको नारा

पछिल्लो समय दुुर्घटना न्यूनीकरणको लागि भन्दै प्रहरीले डमी ट्राफिक राख्ने कार्यक्रम गर्दै आएको छ । जसबाट धेरै हदसम्म सवारी दुर्घटनामा न्यूनीकरण भएको प्रहरीको दाबी छ । प्रदेश ट्राफिक कार्यालयले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र कैलालीकै त्रिनगर नाकादेखि प्रदेशका सम्पूर्ण पहाडी जिल्लाका सडकको मुख्य–मुख्य स्थानमा डमी ट्राफिक प्रहरी राखेको जनाएको छ । सवारी चालकमा मनोवैज्ञानिक रुपमा प्रभाव पारेर दुर्घटना न्यूनीकरणमा टेवा पुगेको जनाइएको छ ।

प्रहरीले सार्वजनिक स्थल, विद्यालयमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले जनहितमा जारी सन्देश सुनाए –

जनहीतमा जारी
ट्राफिक प्रहरीको नारा
सवारी नियमको पालना गरौं
सुरक्षित बनौं सारा ।

आजको आवश्यकता
सुरक्षित यात्राको बनोट
दुर्घटना न्यूनीकरण
ट्राफिक प्रहरीको अठोट ।।

तीव्रगति जीवन क्षति
ध्रुव सत्य कुरा
समयमा ध्यान नदिए
जीवन हुन्न पूरा ।

ढिलो गए अवश्य पुगिन्छ
छिटो गए भन्न सकिन्न
ट्राफिक प्रहरीलाई छल्न सके नि
प्राकृतिलाई छल्न सकिन्न ।।

सवारी नियमको पालना गरौं
नगरौं दुर्घटनाको सामना
सबैको गन्तव्य सुरक्षित होस्
यही छ हाम्रो शुभकामना !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x