×

NMB BANK
NIC ASIA

अझै बनेन थर्मल स्क्यानर

फागुन १६, २०७६

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ । 

Muktinath Bank

चीनबाट फैलिएको ‘कोरोना भाइरस रोग २०१९’ (कोभिड–१९) विश्वव्यापी बन्दै गएपछि विमानस्थलस्थित हेल्थ डेस्कमा करिब सवा महिनाअघि दुइटा थर्मल स्क्यानर जडान गरिएको थियो । थर्मल स्क्यानरमार्फत् परीक्षण गर्दा एक सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा अप्ठ्यारो देखिए कोभिड–१९ को आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलमा एउटा मात्र स्क्यानर चलेकाले यात्रुलाई लाइन लगाएर जाँच गर्नुपर्ने बाध्यता छ । ‘दुइटा स्क्यानर चलेको भए लाइन लगाइराख्नुपर्ने थिएन,’ हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका एक अधिकारीले भने । चलेको थर्मल स्क्यानरले समेत सही तापक्रम नदेखाउने समस्या रहेको छ । विमानस्थलमा कोभिड–१९ देखिएका चीनलगायतका मुलुकबाट आउने यात्रुको ज्वरो ‘इन्फ्रारेड थर्मामिटर’ बाट समेत नाप्न थालिएको छ । अन्य देशका हकमा भने थर्मल स्क्यानरबाट मात्र ज्वरो भए, नभएको हेरिन्छ ।


Advertisment
Nabil box
Kumari

हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी तरिकाले ‘स्क्रिनिङ’ हुन सकेको छैन । हाल डेस्कमा १३ जना कार्यरत छन् । ज्वरो भए पनि सिटामोल जस्ता औषधि खाएर यात्रा गर्ने र शरीरमा यो भाइरस बोके पनि लक्षण नदेखिएकालाई चिन्न नसकिएको हेल्थ डेस्कका एक कर्मचारीले बताए । ती कर्मचारीले सबै यात्रुको प्रक्रिया पुर्‍याएर स्क्रिनिङ हालको जनशक्तिले नसक्ने बताए । ‘दिनमा करिब १५ हजार मानिस विमानस्थलमा आउजाउ गर्छन्, नेपाल भित्रिने मात्र करिब ७–८ हजार हुन्छन्,’ ती कर्मचारीले भने, ‘यति थोरै कर्मचारीले कसरी भ्याउनु ।’

Vianet communication

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले स्क्यानर तुरुन्त नयाँ किन्न वा मर्मत गर्न जरुरी रहेको बताए । ‘स्वास्थ्य मन्त्रालय कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्क्रिनिङ प्रक्रियामा संवेदनशील नरहेको देखिएको छ,’ उनले भने, ‘स्क्रिनिङलाई थप प्रभावकारी बनाउन जरुरी छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x