×

NMB BANK
NIC ASIA

अमेरिका र तालिबानको वार्तामा भारतलाई पनि निम्तो

फागुन १६, २०७६

NTC
Premier Steels

अफगानिस्तान र तालिबानका सम्बन्धमा भारतले आफ्नो रणनीतिमा ठूलै परिवर्तन गर्न लागेको देखिएको छ । 

Muktinath Bank

विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, तालिबानसँग अमेरिकाले कतारको दोहामा गरिरहेको वार्ता निष्कर्षमा पुग्नै लाग्दा शान्ति सम्झौतामा हस्ताक्षर समारोहमा भारतले राजदूत पठाउन लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका कुनै अधिकारी यस्तो समारोहमा भाग लिएको यो पहिलो अवसर हो । भारतले सन् १९९६ देखि २००१ सम्म पाकिस्तानको संरक्षणमा शासन चलाएको तालिबान सरकारलाई कूटनीतिक र आधिकारिक मान्यता दिएको थिएन । 


Advertisment
Nabil box
Kumari

सूत्रहरूका अनुसार, भारतलाई कतारबाट निम्तो आएको छ र उच्चस्तरीय विचारविमर्शपछि सरकारले कतारस्थित राजदूत पी कुमारनलाई हस्ताक्षर समारोहमा पठाउने भएको छ । 

Vianet communication

सम्झौतामा हस्ताक्षर भएपछि भारतका लागि अनेकौं रणनीतिक, राजनीतिक तथा सुरक्षासम्बन्धी प्रभाव पर्नेछ । 

विश्लेषकहरूका अनुसार, अफगानिस्तानको नयाँ वास्तविकतालाई स्वीकार गरेर भारतले तालिबानसँग कूटनीतिक स्तरमा सम्पर्क बनाउन सक्छ । शान्तिसम्झौतामा हस्ताक्षर गर्ने बेलामा भारतीय प्रतिनिधि पनि उपस्थित भएर भारतले तालिबानका लागि कूटनीतिक च्यानल खोल्न सक्ने संकेत दिएको हुनुपर्छ ।

भारतले अफगानिस्तानमा अनेकौं विकास कार्यमा काम गरिरहेको छ । त्यसबाहेक अफगानिस्तानमा रणनीतिक रूपमा पनि भारतले अनेकौं दाउ लगाइरहेको छ । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले अमेरिका र तालिबानबीच फेब्रुअरी २९ (भोलि) शान्ति सम्झौतामा हस्ताक्षर हुने र यसले दशकौंदेखि गृहयुद्धको चपेटामा रहेको अफगानिस्तानमा हिंसा अन्त्य हुने बताएका छन् । 

तालिबान शान्ति सम्झौता अन्तर्गत निश्चित समयसीमामा अफगानिस्तानमा तैनाथ गरिएका १४ हजार अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाइनेछ । अनि तालिबानले आतंकवादको अन्त्य गर्ने र अमेरिकालाई सेप्टेम्बर ११ को जस्तो आक्रमण नगर्ने आश्वासन दिनेछ । 

अफगानिस्तानमा सक्रिय शक्तिहरू रुस, इरान, साउदी अरब र चीनसँग भारतले नियमित छलफल गरिरहेको छ । विगत दुई वर्षमा भारतले अमेरिका र तालिबानबीचको शान्ति सम्झौतालाई नजिकैबाट नियालिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x