×

NMB BANK
NIC ASIA

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं ।’

Muktinath Bank

क्लबको नारा नै सही । पोखराको एउटा चौरमा जन्मिएको क्लब यतिखेर देशको सीमाना नाघेर विदेशसम्म फैलिएको छ । मोफसलकै प्रतिष्ठित सहारा क्लब पोखरा आजभन्दा २१ वर्षदेखि पोखराको चौरमा जन्मिएको हो । सामान्य बुझाइमा यो एउटा क्लब मात्र हो । पोखरा, फूटबल र सामाजिक क्षेत्रमा योगदान हेर्दा यो वृहत् संस्था बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूटबलमार्फत सामाजिक क्रियाकलापमा सहाराको योगदान अतुलनीय छ । अनवरत यात्रामा मोफसलबाट सहाराले फूटबलमा जे जन्मायो, त्यो देश–विदेशमा सबैको सामु छर्लङ्ग छ । पर्यटकीय नगरीलाई फूटबलको केन्द्रबिन्दु बनाउँदै खेल शहरको रूपमा पर्यायवाची थप्न सहारा क्लब पोखरा, आमपोखरेली, शुभचिन्तक एवं सहयोगीको योगदान सदा अविष्मरणीय हुनेछ ।


Advertisment
Nabil box
Kumari

विसं २०५५ भदौ ३० मा स्थापित क्लबको मूल उद्देश्य युवा जमातलाई विकृति एवं विसंगतिबाट अलग राखी स्वस्थ र स्वावलम्बी समाज निर्माण गर्नु हो । फूटबल प्रतियोगितामार्फत सामाजिक सेवामा जुट्ने योजनाको सूत्रपात अहिले झाङ्गिएर पोखरा बसपार्कमा मात्र सीमित रहेन । नेपाली सीमा काटेर बेलायत, हङकङ र अस्ट्लियासम्म शाखा खोल्दै पोखराको सेती नदी झैं अनवरत बगिरहेछ ।

Vianet communication

संस्थापक वसन्त थकालीपछि क्लबको नेतृत्व क्रमशः विक्रम थकाली, वीरभद्र आचार्य र केशवबहादुर थापासम्म आइपुगेको छ । क्लबले फूटबल मात्र सामाजिक विकास गर्ने उद्देश्यसाथ फूटबल एकेडेमी सञ्चालन गरेको छ । बर्सेनि फूटबल प्रतियोगिता गर्दै आएको छ । हाल यसैको १८ औं संस्करण पार हुँदैछ । यसको ज्वलन्त उदाहरण पोखरा रंगशालामा देख्न सकिन्छ । जहाँ २२ फागुनदेखि १ चैतसम्म नेपालका चर्चित क्लबसहित १० टीमबीच फूटबल प्रतिष्पर्धा हुँदैछ । उद्घाटन खेलमा आयोजक टीमले 'ए' डिभिजन क्लब ब्रिगेड ब्याइज क्लब (बीबीसी) माथि जीत दर्ता गरिसकेको छ । १८ औं संस्करणको आहा रारा गोल्डकपको फूटबल प्रतियोगितासम्म आइपुग्दा क्लबले एक पटकमात्र १२ औं संस्करणमा उपाधि जित्न सफल भएको छ ।

शुरूआतमा पोखराको पुरानो बसपार्क व्यवस्थित गर्न टिकट काउन्टर पुनःनिर्माण गरी यात्रुलाई आवतजावतमा सहज बनाउन यातायात व्यवस्थित गर्न ट्रयाक निर्माण, विद्युत् जडान, गहिरो खाडल पुर्ने काम गरेको क्लबले बसपार्कमै विसं २०५६ सालमा सार्वजनिक शौचालय निर्माण गर्‍यो । स्नानगृहसहितको सो अपांगमैत्री शौचालय बसपार्कमा देखिएको टड्कारो आवश्यकता पूर्ति गर्न मद्दत पुर्‍याएको छ । क्लबले बसपार्कमै विसं २०५९ सालमा बहुउद्देश्यीय भवन निर्माण समेत गर्‍यो । पोखरा–९, बसपार्कमै क्लबका ३ भवन छन् भने पोखरा–१७, दोबिल्लामा २ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न सहारा एकेडेमी सञ्चालित छ । माथिल्लो तला समेत थप भएकोले यसको लागत अहिले बढेर २ करोड ५० लाख पुगेको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।

पोखराबाटै राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले २०५८ सालमा सहारा फूटबल एकेडेमी सञ्चालन भयो । व्यावसायिक फूटबलको विकास गर्ने गरी मोफसलमै पहिलो पटक ११ जना खेलाडीलाई क्लबले अनुबन्धन गरेको थियो । २०६१ सालमा विपन्न तथा कठीन परिस्थितिबाट गुज्रिएका २५ जना बालक छनोट गरी सहारा एकेडेमीमा फूटबल प्रशिक्षणसहित आवासीय सुविधा दिइयो । २०६३ सालमा दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरी छुट्टै खेल मैदानसहितको सुविधासम्पन्न सहारा एकेडेमी २०७१ सालमा निर्माण पूरा गरिएको थियो । सहाराले दोबिल्लामा सञ्चालन गरेको एकेडेमीमा हाल तेस्रो ब्याचको रूपमा १४ जिल्लाका २४ जना बालक हुर्किरहेका छन् । विपन्न तथा कठीन परिस्थितिका उनीहरूलाई सहाराले गतिलो साथ दिएको छ । जहाँ आवासीय सुविधा, पढाई सँगसँगै फूटबल प्रशिक्षण मिल्छ । यसको लागि सहाराले वार्षिक २५ देखि २८ लाख रुपैयाँसम्मको खर्च थेग्दै आएको जनाइएको छ । क्लबको कार्यालय प्रयोजन तथा एकेडेमीमा गरी १२ जना कर्मचारी छन् । बर्सेनि हुने फूटबल प्रतियोगिता, देउसीभैलो, हङकङ तथा बेलायतमा हुने च्यारिटी शो, पृथ्वी राजमार्ग बस सञ्चालक समितिमार्फत चल्ने बस, सार्वजनिक शौचालय र दाताको सहयोगबाट एकेडेमी चलेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

क्लबले सञ्चालन गरेको सहारा एकेडेमीबाटै प्रसिद्ध फूटबल खेलाडी अनिल गुरुङ स्थापित भए । अनिल क्लबले संचालन गरेको सहारा फूटबल एकेडेमीको पहिलो व्याच हुन् । उनी यतिखेर ब्रीगेडबाट खेलेका छन् । सहारा एकेडेमीको दोस्रो व्याचका अजित भण्डारी, नवीन श्रेष्ठ विभागीय क्लबमा छन् भने सुशील लामा 'ए' डिभिजन क्लबबाट फूटबल खेल्छन् । यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न २ करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापनाको लक्ष्य राखिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए । उनले भने,'नव प्रतिभावान् खेलाडीलाई प्लेटफर्म उपलब्ध गराई राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको खेलाडीको पहिचान दिलाउनु, पोखरालाई पर्यटन शहरको रूपमा स्थापित गराउनु हाम्रो उद्देश्य हो, सबैको यसैगरी निरन्तर साथ र सहयोगले हामीलाई अगाडिको बाटो हिँड्न सहज हुनेछ ।’

अन्तर्राष्ट्रियस्तरको फूटबल खेल सञ्चालनको महसूस गरी २०५८ सालमा पोखरा रंगशालामा क्याराभान गोल्डकप प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो । प्रतियोगिताको अपार सफलतापछि क्लबले हिमश्री फूड्स प्रालिसँग मुख्य प्रायोजनमा निरन्तर प्रतियोगिता गर्दै आएको छ । क्लबले २०५७ मै प्रथम कास्की जिल्लास्तरीय अन्तरक्लब लीग कम नकआउट सहारा कप फूटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

परिस्थितिसँग जुध्दै प्रतियोगिता निरन्तर

सहाराले जसरी विपन्न वर्गका बालकलाई आश्रय दिन्छ, त्यस्तै कठीन परिस्थितिसँगै जुध्न क्लब बाध्य हुँदै आएको छ । पोखरा रंगशालामा कुनै पनि वर्ष नछुटाई लगातारका श्रृंखला जाडो याममा पारिलो घाम ताप्दै दर्शकलाई रोमाञ्चकारी र उत्कृष्ट फूटबल पस्किँदै आयो । सशस्त्र द्वन्द्व, बन्द, हड्ताल, चक्काजाम, भूकम्प, नाकाबन्दी, आर्थिक संकटबीच नियमित फूटबल प्रतियोगिता भयो । त्यत्तिमात्र कहाँ हो र पछिल्लो श्रृंखला नहुने हो कि भन्ने शंका–उपशंकाबीच भत्केको प्याराफिटबीच प्रतियोगिता भयो । यस वर्ष पनि निर्माणाधीन पोखरा रंगशालामा क्लबले मैदान परिवर्तन गर्नु पर्ने हो कि भन्ने आशंकाबीच आखिर प्रतियोगिता गरेरै छोड्यो ।

कोरोना भाइरस संक्रमणको त्रास पोखरासम्म आइपुगेपछि अघिल्लो दिनसम्म प्रतियोगिता हुने नहुने भन्ने आमदर्शकको भ्रम चिर्दै क्लब कटिबद्ध रहँदै प्रतियोगिता गरेरै छोड्यो । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत सहाराको सामाजिक कार्यको योगदानको प्रशंसा गर्दै कोरोना त्रासबीच प्रतियोगिता सफल पार्नु सबैको दायित्व भएको बताए । 

विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार दिने गरी जारी प्रतियोगिताले यहाँ फूटबल रौनक बढाएको छ । सो अवसरमा क्लबले सुजल श्रेष्ठलाई सम्मान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रंगशाला निर्माण सहयोगार्थ ४ लाख रुपैयाँ जिल्ला खेलकुद विकासलाई हस्तान्तरण गर्‍यो ।

यसरी क्लबको सफलताको एउटै सूत्र हो– टीम स्प्रिट । जहाँ आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरिँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x