कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ ।
कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ग्यासको विकल्पका रुपमा रहेको चुलोको माग बढेको बताए । उनका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् ।
कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा घुम्ती बिक्री केन्द्रमा चुलो बेच्ने गरेको छ ।
‘पहिलेभन्दा कोरोनाको हल्लाले ग्यास नपाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्,’ उनले भने, ‘दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।’
भूकम्पका बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको चुलो अहिले पनि संकटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो ।
भूकम्प र भारतीय नाकाबन्दीमा बिक्री भएको चुलो त्यसयता त्यति बिक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य ४ हजार रुपैयाँ पर्छ । पहिले चुलोको मूल्य ११ हजार रुपैयाँ तोकिए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर ४ हजार रुपैयाँ कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिए ।
चुलोमा आवश्यकताअनुसार २०० वाटदेखि १ हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ । चुलोसँगै एउटा कराही पनि सित्तैमा उपलब्ध हुने उनले जानकारी दिए । ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...