×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध तात्यो सुदूरपश्चिम सरकार : कर्मचारीले राम्रो गरे पुरस्कार, बिगारे ठाउँको ठाउँ कारवाही !

चैत ११, २०७६

NTC
फाइल फोटो
Premier Steels

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि सुदूरपश्चिम सरकार सक्रियता बढाएको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को मंगलवार बसेको आकस्मिक बैठकले कोरोना भाइरस रोकथामको लागि बजेट विनियोजन गर्दै विभिन्न निर्णय सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका २ वटा अस्पताल र प्रदेशस्थित विभिन्न स्थानीय तहलाई बजेट विनियोजन गर्ने भएको हो । प्रदेश सरकारको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा ५०–५० शय्याको आइसोलेसन स्थापना तथा उपचारका लागि साढे ११ करोड बजेट विनियोजन गर्ने निर्णय भएको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

उनले प्रदेशस्थित स्थानीय तहमा कोरोना रोकथामको लागि पनि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाखको दरले बजेट उपलब्ध गराउने निर्णय भएको मन्त्री सुवेदीले जानकारी गराए ।

Vianet communication

मन्त्री सुवेदीले सुदूरपश्चिममा हाल ७५० शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको बताए । आवश्यकता अनुसार व्यवस्था गरिने समेत उनको भनाइ थियो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रदेश सरकारका सबै मन्त्रीले आफ्नो १ महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । 

भारतबाट फर्किएका तर सीमा अलपत्र परेका १९ जिल्लाका करीब १ हजार जना नेपालीको लगत संकलन गरेर सम्बन्धित जिल्लामै पठाउने तयारी गरिएको छ । प्रदेश सरकारकै साधनस्रोतबाट सम्बन्धित जिल्लामै पठाइने र सम्बन्धित स्थानमा गइसकेपछि सम्बन्धित जिल्लाका निकायले क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि सरकारले देश ‘लक–डाउन’ गरेको अवस्थामा जो जहाँ छ, त्यहीँ बस्न समेत सरकारले अनुरोध गर्दै आएको छ ।

गैरजिम्मेवार स्वास्थ्यकर्मी र कर्मचारीलाई ठाउँका ठाउँ कारवाही हुने

प्रदेश सरकारले उपचारमा संलग्न स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलको साथ काम गर्न निर्देशन जारी गरेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीको कार्यसम्पादनको आधारमा पुरस्कार र कारवाही गर्ने बताइएको छ ।

सामाजिक विकासमन्त्री सुवेदीले भने, ‘गैरजिम्मेवार कर्मचारीलाई ठाउँकै ठाउँमै कारवाही गरिने छ । गैरजिम्मेवार स्वास्थ्यकर्मीहरूलाई पनि कारवाही गरिने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x