×

NMB BANK
NIC ASIA

कोरोना त्रास

कोरोनाले निम्त्याएको ‘नियम’ : आफ्नै गाउँघरमा प्रवेश निषेध !

चैत १३, २०७६

NTC
Premier Steels

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले यतिबेला गाउँ, शहर त्राहीमाम छ । देश तथा विदेशका विभिन्न स्थानमा रहेका नेपालीहरू रातारात थातथलो फर्किका छन् । १ हप्ताको अवधिमा सुदूरपश्चिमको नाका भएर मात्र हजारौं–हजार नेपाली घर फर्किएका छन् ।

Muktinath Bank

कोरोना रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देश नै ‘लक-डाउन’ गर्‍यो । यद्यपी भारतबाट नेपालीहरू फर्किने क्रम भने रोकिएन । आफ्नो थातथलो फकाई कसैका लागि सुखद बनेको छ, भने कसैलाई दर्दनाक बन्न पुगेको छ । खासगरी भारतबाट फर्किनेहरूलाई आफ्नै जन्मथलो यतिबेला बिरानो जस्तै बन्न पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको कैलारी गाउँपालिका–५ सपना मुक्तकमैया शिविरका २ जना युवाहरू लकडाउन हुनुभन्दा २ दिन अगाडि गाउँ फर्किए । रोगको संक्रमण फैलिने भन्दै गाउँमा खैलाबैला मचिएको कैलारी गाउँपालिकाका प्रवक्ता कमल चौधरी बताउँछन् । पछि उनीहरूको सामान्य स्वास्थ्य जाँचपछि उनीहरूलई घरमै ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको प्रवक्ता चौधरीले सुनाए ।


Advertisment
Nabil box
Kumari

Vianet communication

लकडाउनपश्चात सोही गाउँपालिका वडा ७ भुइयाँफाँटाका १५ जना युवाहरू एक साथ भारतबाट फर्किए । छिमेकी गाउँ तथा मिलनपुर र विपतपुर मुक्तकमैया शिविरका युवाहरू पनि फर्किए । हुँदाहुँदै कैलालीको गौरीफन्टा नाकामा करीब २४ घण्टा अलपत्र परेपश्चात सो वडास्थित नारायणपुर गाउँका २ जना फर्केपछि ग्रामीणबस्ती नै त्रासित भएको प्रवक्ता चौधरीले बताए ।

‘रोजगारीका क्रममा भारत गएकाहरू फर्किएपछि गाउँमा एकखाले मनोवैज्ञानिक त्रास छ । फर्किएकाहरूबाट नै रोगको संक्रमण हुने पो हो कि ? भनेर उनीहरूसँग कोही पनि घुलमिल हुन नै चाहँदैनन्’, वडा नं. ७ का अध्यक्षसमेत रहेका प्रवक्ता चौधरीले भने, ‘गाउँघरमा जनचेतनाको पनि अभाव छ । त्रास उत्तिकै छ । फर्केकालाई गाउँमा प्रवेश नदिनु पनि भएन । सामान्य जाँचपछि घरभित्रै रहन अनुरोध गरेका छौं ।’

कैलालीको कैलारीको ग्रामिण भेगमा मात्रै होइन, सुदूरपश्चिमको प्रायः सबै भेगमा यति बेला कोरोनाकै त्रास फैलिएको छ । कैलारी गाउँपालिकाको स्थानीयले बाहिरबाट फर्किएकालाई त्रासकाबीच बस्तीमा प्रवेश दिएपनि सुदूरपश्चिमको पहाडी जिल्लामा गाउँमा प्रवेश सहज छैन ।

२४ घण्टा गौरीफन्टा सीमा नाकामा रोकिएका मध्ये १ बालक, २ महिलासहित ७२ जनालाई डोटीमा प्रवेश सुखद भएन ।

बाहिरबाट फर्केका नेपालीलाई सरकारले १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि डोटीको शिखर नगरपालिकाले बान्डुंग्रीसैनस्थित केही विद्यालयमा फर्केकालाई राख्न क्वारेन्टाइन स्थापना गरेको थियो । तर क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीयले अवरोध नै सृजना गरे । विपत्तिको घडीमा आफ्नै जिल्लामा पाइला टेकेका उनीहरूलाई गाउँ बसाई नर्क जस्तै भएको छ ।

शिखर नगरपालिकाका मेयर सीताराम जोशीले सिद्धेश्वर माविसहित २ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीय बासिन्दाले अवरोध पुयाएपछि अन्यत्र व्यवस्थापन गरेको जानकारी दिए ।

आफ्नै देश तथा जन्मभूमिमा प्रवेशमा सहज नभएपछि बाहिरबाट फर्केकाहरू अपमानित महसुस गरेका छन् । भारतको बैंगलोरबाट फर्केकी अछाम कालिकास्थानकी उमा थापाले दुखेसो सुनाइन्, ‘कोरोनाको त्रास नभएको कहाँ छ र ? सरकारले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ । स्थानीयमा जनचेतना फैलाउन उत्तिकै जरुरी छ । स्थानीयमा जनचेतना नहुँदा र सरकारले व्यवस्थापन गर्न नसक्दा आज आफ्नै भूमिमा अपमानित भयौं ।’

स्थानीय निकायलाई थाहै नदिइ सुटुक्क घरमै

सरकारले भारतबाट फर्किनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएको भएपनि उक्त निर्देशनको प्रभावकारी ढंगबाट कार्यान्वयन नहुँदा लाहुरेहरू भने निष्फ्रिकी गाउँमा प्रवेश गरेका छन् । २४ घण्टा सीमामै रोकिएका कैलालीको गोदावरी नगरपालिकाका स्थानीयहरू सिधै घर प्रवेश गरे गरे ।

सम्बन्धित व्यक्तिलाई सम्बन्धित स्थानीय तहस्थित क्वारेन्टाइनमा राख्ने भनिएपनि उनीहरू नगरपालिकाको सम्पर्कमा नआई घर प्रवेश गरेका हुन् ।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भारतबाट आएकाहरूलाई होम क्वारेटाइनमा राखिने बताए । तर केही फर्किएकाहरू सम्पर्कमा नआएपछि लगत संकलन गरिरहेको बताए । गोदावरी नगरपालिका घर भएका झण्डै ४० जना बढीले आफ्नै ढंगले घर प्रवेश गरेको पाइएको छ ।

गोदावरी नगरपालिका ९ का वडा अध्यक्ष लहानु चौधरीले वडामा भारतबाट गएकाहरू घर फर्केको बताए । उनले भने, ‘मंगलबार अबेर राती धनगढी भएर धनचौरी, मुर्कुटी लगायतका ठाउँहरूका स्थानीयहरू घर आएका छन् । हामी उनीहरूको तथ्यांक संकलन गरिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x