×

NMB BANK
NIC ASIA

कोरोना जोखिम : अत्यावश्यक सामग्रीविनै काम गर्दै चिकित्सक, १० करोडको रोकथाम कोष

चैत १४, २०७६

NTC
Premier Steels

कोरोना भाइरसको जोखिम बढेसँगै ५ नम्बर प्रदेशमा धमाधम क्वारेन्टाइन बनिरहेका छन् । स्थानीय र प्रदेश सरकारले क्वारेन्टाइन बनाउने प्रतिस्पर्धा जस्तै गरेको छ ।

Muktinath Bank

प्रदेशका अधिकांश स्थानीय तहले १५ देखि ५० शय्याको क्वारेन्टाइन बनाएका छन् तर क्वारेन्टाइनमा चिकित्सकीय सेवासुविधा पुर्‍याउन र आइसोलेसन बनाउनेतर्फ खासै ध्यान दिइएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूलो संख्यामा कोरोना संक्रमित भटिएमा व्यवस्थापन थाम्न प्रदेशलाई गाह्रो पर्ने देखिन्छ तर मुख्यमन्त्री शंकर पोखरेलले विपद्को सामना गर्न सक्ने गरी प्रदेशको तयारीमा जुटेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रदेशमा पूर्व तयारी बढेको दाबी गरे । डा. गिरीले भने, ‘भारतमा जस्तै ह्वात्तै कोरोनाका बिरामी बढे भने त हामीले थेग्न सकिँदैन तर आइसोलेसनबाट आईसीयू सहितको शय्यामा बिरामी लैजानुपर्ने अवस्था आए हामी कहाँ भेन्टिलेटरदेखि अक्सिजनको समस्या पर्नेछ । जो हामीकहाँ अत्यन्त कम छन् ।’ 

Vianet communication

सुखद कुरा ५ नम्बर प्रदेशबाट हालसम्म शंकास्पद २३ जना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबै बिरामीको ‘नेगेटिभ’ नतिजा आएको छ । प्रदेशका विभिन्न अस्पतालमा अहिले १३ जना बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना भाइरस रोगका फोकल पर्सन डा. सुदर्शन थापाले चिकित्सकका लागि आवश्यक सामग्री विना काम गर्न बाध्य भएको बताए । उनले डाक्टर र नर्सलाई चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि छैन । डाक्टरहरू सुरक्षित उपचारका लागि चाहिने उपकरण र तयारी नहुँदा जोखिम मोलेरै काम गर्न बाध्य भएको गुनासो गरे । 

४ अस्पताललाई कोरोना विशेष अस्पताल

बिहीवारसम्म प्रदेशका विभिन्न ४ वटा अस्पतालमा १४० वटा आइसोलेसन शय्या प्रदेश सरकारले तयार पारेको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ५० शय्या, भैरहवास्थित भीम अस्पतालमा ३०, दाङको बेलझुण्डीमा ३० र बाँकेमा ३० वटा शय्या तयारी अवस्थामा रहेका सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए । ४ वटा अस्पतालका लागि आवश्यक तयारी गर्न र उपकरण खरिदका लागि प्रदेश सरकारले २/२ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

चौधरीले भने, ‘हाम्रो तयारी तीब्र छ । आइसोलेसन अस्पतालमा पनि आवश्यकता अनुसार शय्या थप्न सकिन्छ । यी अस्पतालका लागि आईसीयू र भेन्टिलेटर ल्याउने क्रममा छौं । हामी सचेत र तीब्र तयारीमा छौं ।’ 

१० करोडको कोरोना भाइरस नियन्त्रण कोष

प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको छ । कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब जम्मा गर्नेछन् । कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरू संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ । कोषमा संघसंस्था र सर्वसाधारणले पनि रकम जम्मा गर्न सक्नेछन् ।

राहत प्याकेज घोषणा गर्न माग

प्रदेशसभा सदस्य बैजनाथ जयसवालले  कोरोना संक्रमणले निम्न वर्गीय सर्वसाधारण मारमा परेको जनाउँदै तत्काल राहतको प्याकेज ल्याउन प्रदेश ५ सरकारसँगै संघीय सरकारसँग माग गरेका छन् । संक्रमणबाट बच्न सरकारले लक–डाउन गरेसँगै त्यसको प्रत्यक्ष मार दैनिक काम गरेर खाने निम्न वर्गीय सर्वसाधारणमा परेको जनाउँदै उनीहरूका लागि खाद्यान्न सहितको राहत प्याकेज ल्याउनुपर्ने बताए ।  

संक्रमणबाट बाँच्न सरकारले गरेको आह्वानलाई पालना गर्नु सबैको दायित्व भएको जनाउँदै यस्तो विषम परिस्थिति सर्वसाधारणले पनि सजग र संयमता अपनाउनुको विकल्प नरहेको उनले बताए । लक–डाउनले उद्योग कलकारखानामा कार्यरत दैनिक ज्यालादारीका मजदुरहरू कामविहीन बन्न पुगेका छन् । दैनिक काम गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणलाई दिनचर्यामा समस्या उत्पन्न भएको छ ।

‘जनतालाई भोकै रहन दिँदैनौं’

मुख्यमन्त्री पोखरेलले लक–डाउन लम्बिएपनि प्रदेशबासी जनतालाई भोकै मर्न नदिने बताएका छन् । सरकारले लागू गरेको लक–डाउन जनताकै सुरक्षा लागि गरिएको भन्दै पूर्ण पालना गर्न आग्रह गरे । मुख्यमन्त्रीले कोरोनाबाट क्षति कम गर्न घरमै बस्ने र प्रदेशबासीलाई अत्यावश्यक वस्तुको अभाव हुन नदिने स्पष्ट पारे । 

उनले कोरोना भाइरस विरुद्धको लडाइँमा जुट्न चिकित्सक र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सहयोग आवश्यक रहेको समेत स्पष्ट पारे । प्रदेशका जनताले लक–डाउनको पूर्ण पालना गरेका छन् । सामाजिक सञ्जालदेखि प्रहरीले घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x