कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पूर्व सांसद तथा उद्यमी बिमल केडियाको संयोजकत्वमा असहाय, अपाङ्गता भएका र विपन्न परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिने भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन देशैभर ‘लक–डाउन’ गरिएपछि असहाय, अपाङ्गता भएका व्यक्ति, विपन्न परिवारका सदस्यलाई १५ दिन खान पुग्ने दाल, चामल, तेल, नून, चिउरा, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू श्री श्री रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल अन्तरगतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष श्री शिद्धेश्वरकुमार सिंहकाे क्रियाशिलतामा गर्न लागेको हो ।
पहिलो चरणमा संस्थाले काठमाडौं उपत्यकामा ४ हजार परिवारलाई स्थानीय तहको समन्वयमा खाद्यान्न वितरण गर्न लागेको छ ।
संस्थाको उद्देश्य र कार्ययोजनाबारे लोकान्तरकर्मी गगन अर्यालले संयोजक बिमल केडियासँग गरेको कुराकानीको सम्पादित अंश –
मेलै २ वटा कुरा राख्न खोजें । सरकारले नेपालमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण रोकथामको लागि लक–डाउन गरेको छ, अत्यन्तै राम्रो काम गरेको छ । सरकारले आफ्नो लागि गरेको होइन, सम्पूर्ण देश र देशका नागरिक बाँचून् भन्नका लागि गरेको हो । यसलाई गहिरिएर विचार गर्नुपर्छ ।
हामी नागरिकका जिम्मेवारी पनि के–के हुन् भन्ने विषयको पनि विचार गर्नुपर्छ । यसलाई हामीले सहर्ष स्वीकारेर आफूले आफैंलाई अनुशासित बनाएर अगाडि बढेको खण्डमा सम्पूर्ण रुपमा जोगिन्छौं । यो नै कोरोना भाइरसको संक्रमणबाट जोगिने एक मात्र उपाय हो । ढिलो लक–डाउन भएका देशको अवस्था हामीले देखेकै छौं, यसलाई आम नागरिकले सफल बनाउनैपर्छ ।
नागरिकलाई सरकारले खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुलाई सहजै तर संक्रमणबाट जोगिने हिसाबले पनि उपलब्ध गराउनुपर्छ ।
समाजमा हरेक प्रकारका मानिसहरू बस्छन्, कतिपय आफैं सक्षम छन् भने कतिपयको अवस्था भने कमजोर छ । कतिपय शारीरिक अशक्त पनि छन् । कतिपय अपाङ्ग नागरिक र दैनिक ज्यालादारीका नागरिक छन् । तिनिहरूलाई लक–डाउनले गर्दा खानको लागि समस्या भएको छ । मैले यसैलाई मध्यनजर गरेर १–२ दिन अगाडिबाट यस्ता खालका नागरिकलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको गृहकार्य थालेको थिएँ ।
केही समयअघि दृष्टिविहीन साथीहरू म कहाँ आउनुभएको थियो । उहाँहरूसँग मैले करीब १ घण्टा बिताएको थिएँ । त्यसक्रममा उहाँहरूले ‘लक–डाउनको अवस्थामा हाम्रो आम्दानीको स्रोत पनि हुँदैन, ४–५ दिनलाई पुग्ने मात्र खान छ, त्यसपछि हामी कसरी बाँच्ने’ भन्ने कुरा गर्नुभएको थियो ।
त्यसपछि मैले उहाँजस्ता अरु पनि हुनुहुन्छ, उहाँहरूलाई सहयोग गर्नको लागि आफ्नो तर्फबाट शुरूआत गरेको हुँ । उहाँहरूलाई मैले समाजले नै समाजलाई सहयोग गर्ने हो भने थिएँ ।
उहाँहरूसँग मैले केही तथ्यांक लिएको थिएँ । एउटा त उहाँहरूसँग खाद्यन्न निकै कम रहेको पाइयो । यस्ता परिवारहरू काठमाडौंको नारायणटारका ५–७ परिवार भेटिए, कपनमा ३ परिवार भेटिए, बालाजु, जोरपाटी लगायतका ठाउँमा भेटिनुभएको छ । उहाँहरू जस्ता विपन्न, असहाय र अपाङ्गता भएका व्यक्ति र आश्रित परिवारलाई खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यले १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराउन लागेका छौं ।
हामीले सोमवार अर्थात् चैत्र १७ गतेदेखि काठमाडौं उपत्यकाबाट राहत वितरणको शुरूआत गर्दैछौं । यो समय भूकम्प जस्तो अवस्था छैन । व्यक्तिसँग दूरी कायम गर्नुपर्ने, भीडभाड पनि हुनु भएन । संक्रमणको स्थिति पनि आउन दिन नहुने जस्ता चुनौति छन् । स्थानीय सरकार अथवा नेपाल सरकारले पहिचान गरेका त्यस्ता परिवारलाई स्थानीय तहको रोहवरमा खाद्यान्न उपलब्ध गराउने हो ।
कतिपय ‘होस्ट इफेक्टेड’ परिवारको तथ्यांक हामीसँग पनि छ । यदि कसैले त्यस्ता खालका परिवारको जानकारी दिएको खण्डमा पनि हामीले उहाँलाई खाद्यान्न दिन्छौं तर सम्बन्धित वडाको रोहवरमा मात्रै । यस्तो समयमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ ।
पहिलो चरणमा उपत्यकामा रहेका ४ देखि ५ हजार परिवारलाई १५ दिनलाई पुग्ने चामल, दाल, तेल, चिउरा, साबुन लगायतका दैनिक उपभोग्य वस्तुको एउटा प्याकेट बनाएर वितरण गर्दैछौं ।
दोस्रो चरणमा हामीले देशभरमा त्यस्ता व्यक्तिहरू कुनै स्थानीय तह त्यो वडा होस् वा महानगरपालिका, उपहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै वडा कार्यलयमार्फत आउने तथ्यांकलाई संकलन गरेर वडा कार्यालयकै समन्वयमा हामीले खाद्यान्न वितरण गर्छाैं ।
विगतका दिनमा सरकारले वितरण गरेको सहयोग र अन्य निजी संघसंस्थाले वितरण गरेको राहतमा निकै भिन्नता देखियो । सरकारले वितरण गर्ने राहत लक्षित वर्गसम्म पुग्न केही समय लाग्यो भने निजी संघसंस्थाले वितरण गरेको राहात तत्कालै रिजल्ट देखियो ।
अहिलेको अवस्थामा त झन् लक–डाउन भइसकेपछि त छिटोभन्दा छिटो विपन्न तथा असहाय वर्गमा खाद्यान्न पु¥याउनुपर्ने छ । त्यसकारण हामीले जिल्ला प्रशासन कार्यलयसँग छलफल गरेर स्वीकृति पाइसकेका छौं । उहाँहरूले स्थानीय तहसँग समन्वय गरेर वितरण गर्दिनुस् भन्नुभएको छ, त्यसकारण हामीले स्थानीय तहसँगको समन्वयमा नै खाद्यान्न वितरण गर्न लागेका हौं ।
विभिन्न व्यवसायीहरूको सहयोगमा हामीले खाद्यान्न वितरण गर्न थालेका छौं । यसको समन्वय र संयोजकत्व ‘द आर्ट अफ लिभिङ इन्टरनेशनल नेपाल’ले गरेको छ र यसको संयोजक म रहेको छु ।
हामीलाई कम्पुचिया मारवाडी ग्रूप, विभिन्न व्यवसायी र मारवाडी समाजका विभिन्न संघसंस्थाले पनि सहयोग गर्नुभएको छ ।
असहाय, अशक्त परिवारलाई सम्पर्क गर्न आह्वान
पहिलो चरणमा उपत्यकामा वितरण गर्न लागिएको १५ दिनलाई पुग्ने खानाका लागि असहाय, अशक्त परिवारबारे स्थानीय तहमार्फत सम्पर्कमा आउन संस्थाले आह्वान गरेको छ । सम्पर्क गर्दा स्थानीय वडा कार्यालयको समन्वयलाई अनिवार्य गरिएको छ ।
यसको लागि संयोजक बिमल केडियाको फोन नम्बर ९८५१०२१६५०, सहसंयोजक श्याम खेतानको फोन नम्बर ९८५१०५६२१०, सदस्य प्रविर जेबी रानाको ९८१३६९९९७९ र सदस्य किशोर झा ९८५१०२५६०० मा सम्पर्क गरेर खाद्यान्न सहयोग गर्ने जो कोहीले पनि सम्पर्क गर्नसक्ने संयोजक केडियाले बताए । ‘उपत्यका बाहिर देशका कुनै पनि स्थानमा असहाय परिवार छन् भने जानकारी दिन सकिन्छ,’ संयोजक केडियाले भने ।
‘लक–डाउनको समयमा सिर्जनात्मक काम गर्नुहोला’
सरकारले गरेको लक–डाउनको समयमा घर बाहिर ननिस्केर सरकारलाई सहयोग गर्न उद्यमी तथा पूर्व सांसद विमल केडियाले अनुरोध गरेका छन् । घरमा बस्दा इन्टरनेटको माध्यमबाट ज्ञान हाँसिल गर्ने, किताब पढ्ने, सिर्जनात्मक काम गर्ने गरेर पनि समय बिताउन सकिने केडियाले बताए ।
कोरोना भाइरस विभिन्न व्यक्तिसँग हात मिलाउँदा सर्ने भएकाले नमस्कार संस्कार बढाउन सकिने केडियाले बताए । ‘नेपाली संस्कारमा रहेको नमस्कारलाई बढावा दिनुपर्छ भन्ने मेरो मान्यता छ । यसले गर्दा कोरोना संक्रमण फैलिँदैन,’ उनले भने ।
केडियाले विगत केही वर्षदेखि नमस्कार संस्कारलाई बढावा दिनको लागि अभियान नै चलाउँदै आएका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...