कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसका कारण प्रभावितहरुलाई राहत वितरणका लागि बाटो खोलेको छ। महानगरको सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले ‘कोरोना भाइरस सम्बन्धि राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको हो।
कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणका कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए।
काठमाडौँ महानगरपालिका भित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु यसबेला खाना, खाजा नपाएर समस्यामा परेका छन्। ‘यस्ता बर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो,’ मेयर शाक्यले भने।
बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्तिहरु असहाय हुन् । आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवारमा राखिएको छ । त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।
हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन गर्ने कामलाई वडाले यस अघि नै थालिसकेको छन् । यसरी गरिने बिववरण संकलन कार्यलाई एकरुपता दिन बैठकले ढाँचा उपलब्ध गराएको छ ।
‘लकडाउनपछि अहिले खाद्यान्न, ग्यासलगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको छ,’ प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न पु¥याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि बैठकले निर्णय गरेको छ ।’
बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।’ राहत वितरणलगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई थप निकासा दिइएको छ।
बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...