कोरोनाको डरले यस वृद्ध जोडीले गर्‍यो ‘आत्महत्या सम्झौता’ : पत्नीको मृत्यु, पति अशक्त

स्पेनको टेनेरिफेमा ८२ वर्षीया महिला आफ्नो घरमा मृत फेला परेकी छन् । उनका ८६ वर्षीय पति चक्कु हानेको गम्भीर चोटका कारण अशक्त अवस्थामा भेटिएका छन् । 

यस वृद्ध जोडीले कोरोनाभाइरस संकटका कारण ‘आत्महत्याको सम्झौता’ गरेको प्रहरीको अनुमान छ । 


Advertisement

पर्यटकहरूमाझ लोकप्रिय टेनेरिफेमा भएको यो त्रासद घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आत्महत्या सम्झौतालाई पनि सम्भावित कारणका रूपमा लिएको हो । 

यस जोडीका छिमेकीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरीले महिलाको शरीर घरमा फेला पारेको हो । 


Advertisement

उनका पति रगतको आहाल नजिक आफ्नो खाटमा पल्टेको अवस्थामा भेटिएका थिए । उनको हातमा गम्भीर चोट लाग्ने गरी काटिएको थियो र स्वास्थ्य अवस्था निकै जोखिमपूर्ण थियो । 

पतिलाई स्वास्थ्य समस्या रहेको र पत्नीले उनको हेरचाह गरिरहेको स्पेनी पत्रिकाहरूले लेखेका छन् । 

महिलाले पहिला आफ्ना पतिलाई चक्कुले हानेको अनि पछि आफैंमाथि प्रहार गरेको विश्वास गरिएको छ । 

प्रहरी घरमा पुग्दा ढोका भत्काएर पस्नुपरेको थियो । 

छिमेकीहरूले सुरक्षा गार्डलाई खबर गरेपछि उसले आकस्मिक सेवामा फोन गरेको थियो । 

स्थानीय स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू घटनास्थलमा दौडिँदै आएका भए पनि महिलाको ज्यान जोगाउन सकेनन् । 

लैंगिक हिंसा वा हत्याको आशंका गरिएको छैन । 

त्यो जोडी लोस क्रिस्टियानोसमा प्रसिद्ध थियो र उनीहरू शहरको केन्द्रमा रहेको बारमा मदिरा पिउन गइरहने गर्थे ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्