×

NMB BANK
NIC ASIA

कोरोना त्रासको भुमरीमा कृषि क्षेत्र : रोगभन्दा पहिले भोकले मरिने भो !

चैत १९, २०७६

NTC
Premier Steels

कैलालीको दक्षिण पूर्वी क्षेत्रस्थित भजनी नगरपालिका बाढीको उच्च जोखिम क्षेत्र हो । क्षणभरको झरीले सो क्षेत्र जलमग्न हुन्छ ।

Muktinath Bank

मोहना, काँडा, पथरैया, कन्द्रालगायत नदीमा आउने बाढीले बर्सेनि धनजनको क्षति व्यहोर्दै आएका छन् स्थानीयले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्खाभर खेतीयोग्य जमिन डुबानमा हुने हुँदा अधिकांश स्थानीय चैते धान खेती गर्छन् । माघ महिनादेखि नै चैते धान खेतीको तयारीमा जुटेका उनीहरू फागुनको अन्तिम सातादेखि हाल धान रोपाइमा जुटेका छन् तर जारी ‘लकडाउन’ले चैते धानखेती प्रभावित भएको छ ।


Advertisment
Nabil box
Kumari

एकातिर महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस संक्रमणको जोखिमले गर्दा घरभन्दा बाहिर निस्कन नपाइने परिस्थिति र अर्कोतिर तयार भएको धानको बेर्ना रोप्न नपाउँदा स्थानीय त्रासभित्र अर्को पीडामा रहेका छन् ।

Vianet communication

चैते धान रोप्दै गरेकी भजनीकी आरती चौधरी दुखेसो पोख्छिन्, ‘माघमा राखिएको बेर्ना छिप्पिसक्यो । अहिले नरोपिए राम्ररी बाला लाग्दैन । बर्खामा रोप्ने जमिन नै हुन्न । रोगबाट बच्नैपर्‍यो । सरकारको निर्देशन पालना गर्नैपर्‍यो । यहाँ रोग र भोककै चिन्ता छ । के गरौं, के गरौं ?’

कैलालीको अति डुबान क्षेत्रको रुपमा चिनिने भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका स्थानीय रोगको त्रासभित्र बाली कसरी जोगाउने भन्ने पीडा सहेर बसेका छन् । भजनीमा मात्रै ७०० विघाभन्दा बढी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको बताउँदै भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बढी भीडभाड नगरी कसरी रोपाइ गर्न सकिन्छ भन्नेबारे प्रशासनसँग पहल जारी रहेको बताए ।

यतिबेला गहुँ बाली पनि काट्नलाई तयार भएको छ । ‘कोरोनाको त्रास नभएको भए यतिबेला सबै कृषक खेतमा मात्रै भेटिन्थे होला,’ कैलालीको कैलारी गाउँपालिका–६ का स्थानीय कर्णबहादुर महतोले भने । चालू वर्ष गहुँ खेतीमा झेल्नसम्मको कठिनाइ झेलेका उनले लगातारको हिउँदे झरीका बाबजुद जोगाएको गहुँबाली पहेंलो भएको छ ।

उनी भन्छन्, ‘हिउँदे झरीले खेतमा जम्मा भएको पानी ३ पटक पम्पसेट प्रयोग गरी फालेर जेनतेन जोगिएको छ । ठिक्क भित्र्याउने समयमा रोगको महामारीले बहुत चिन्तित बनाएको छ ।’

लकडाउनले गर्दा सवारीसाधन तथा यन्त्र उपकरण चलाउन नपाउँदा कृषि कर्म गर्न नपाएको उनीहरूको भनाइ छ । व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकहरूद्वारा उत्पादित तरकारीले लकडाउनका कारण बजार नपाउँदा चिन्तित बनेका छन् ।

सरकारले लकडाउनको अवधि बढाएको भोलिपल्ट बिहानै लोकान्तरकर्मीलाई फोन गर्दै धनगढी उपमहानगरपालिकाका–८ धनगढी गाउँमा व्यावसायिक तरकारी खेती गर्दै आएका सञ्जिव चौधरीले जिज्ञासा राखे, ‘लकडाउन हट्यो कि नाई ? बजार पुर्‍याउन नसक्दा सबै तरकारी बारीमै बिग्रन लाग्यो । खुल्यो कि भनेर सोधेको ।’

सरकारले पुनः लकडाउनको समयावधि चैत २५ गतेसम्म लम्बिएको जवाफ पाएपछि उनले भने, ‘अब त सबै मेहनत बारीमै रहने भयो । रोग हेरौं कि भोक ? रोगभन्दा पहिले भोकले मरिन्छ जस्तो छ ।’

तरकारीको मुख्यबजार मानिने धनगढी बजार बन्द छ । केही मात्रामा खुल्ने तरकारी पसलमा उत्पादित तरकारी खपत नहुँदा समस्यामा परेको कृषकको दुखेसो छ ।

कोरोना भाइरसले यतिबेला कृषि क्षेत्र प्रभावित हुँदै गएको छ । एकातिर रोगबाट बाँच्नुपर्ने बाध्यता छ भने अर्कोतिर दैनिक गुजारा चलाउन र तयार भएको बाली खेतमै स्वाहा हुने समस्या उत्पन्न भएपछि किसान प्रभावित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x