०२ साउन २०८३, शनिबार

कोरोनाको छैटौं संक्रमित महिला, बाग्लुङको क्वारेन्टाइनबाट पोखरा ल्याउने तयारी

चैत २०, २०७६
कोरोनाको छैटौं संक्रमित महिला, बाग्लुङको क्वारेन्टाइनबाट पोखरा ल्याउने तयारी
प्रतिकात्मक तस्वीर

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी गरेको हो ।

नेपाल टेलिभिजनबाट लाइभ भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण भेटिएको पुष्टि गरे ।

त्यसको केहीबेरपछि ट्वीट गर्दै मन्त्रालयले कोरोनाको छैटौं संक्रमित महिला रहेको जानकारी दिएको छ ।

हेर्नुहोस्, ट्वीट :

कतार एयरलाइन्सको QR– 652 विमानमा दोहाबाट चैत ४ गते काठमाडौं आएकी ती यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनदविन्दु शर्माका अनुसार छैटौं संक्रमित बाग्लुङकी हुन् ।

'छैठौं संक्रमित बाग्लुङमा क्वारेन्टाइनमा छिन्, अब पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याएर उपचार गर्ने तयारी भइरहेको छ,' गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने ।

उक्त विमानमा आएका अन्य २ युवतीमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक काठमाडौं र अर्की एक बाग्लुङमा उपचाररत छन् ।

यससँगै बाग्लुङमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

नेपालमा संक्रमण भेटिएका कुल ६ जनामध्ये १ जना निको भएर फर्किसकेका छन् भने अन्य ५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्