एक घर एक रक्तदाता  अभियान :  घरदैलामै रगत सङ्कलन

कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन  लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र  महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन्  ।

यस अन्तर्गत काठमाडौ महानगरपालिका (कामपा) वडा नं १५  चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार  कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गरे। 


Advertisement

'विशेष अवस्थामा  रगतको अभाव हुन नदिन   सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ,' स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भने।

लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी  सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्