×

NMB BANK
NIC ASIA

कैलालीका कोरोना संक्रमित : हजार जनासँगै नेपाल भित्रिए, क्वारेन्टाइनमा ४४ जनाको एकै शौचालय

चैत २२, २०७६

NTC
Premier Steels

कैलालीको लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालय प्रतापुरको क्वारेन्टाइनमा राखिएका २१ वर्षीय कोरोना भाइरस संक्रमित युवक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै कैलाली फर्किएका खुलेको छ ।

Muktinath Bank

नगरपालिकाको स्वास्थ्य संयोजक जयन्ती बिसीका अनुसार उनलाई चैत १२ गते विद्यालयको क्वारेन्टाइनमा पुर्‍याइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसहित त्यो स्कूलको क्वारेन्टाइनस्थित एकैकोठामा ४ जनालाई राखिएको थियो भने विद्यालयमा ४४ जनालाई विभिन्न कोठामा राखिएको स्वास्थ्य संयोजक बिसीले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

‘क्वारेन्टाइनमा ४४ जनाले विद्यालयका साझा शौचालय प्रयोग गर्ने गरेका थिए । सबैलाई छुट्टाछुट्टै शौचालयको कुनै व्यवस्था थिएन । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय मात्रै थिए,’ उनले भनिन्, ‘खाना भने पकाएर दिने गरिएको थियो । क्वारेन्टाइनमा सामाजिक दूरी कायम थियो ।’

Vianet communication

यति मात्रै नभई ती युवकसहित गौरीफन्टा नाकामा १ हजार जना २४ घण्टासम्म नेपाल प्रवेश नपाउँदा सँगै बसेका थिए । पछि उनीहरूलाई चैत ११ गते राति एउटा बस बूक गरेर लम्कीको क्वारेन्टाइनमा पुर्‍याइएको थियो ।

जिल्लास्थित स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा संक्रमित भेटिएपछि सो क्षेत्रमा त्रास सिर्जना भएको छ । स्वास्थ्यकर्मी समेत त्रसित भएको स्वास्थ्य संयोजक बिसीले बताइन् । संक्रमित ती युवाको रिपोर्ट ‘पोजिटिभ’ देखिएपछि उनलाई शनिवार बिहान सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ तर त्यसबारे आफूहरूलाई कुनै जानकारी नदिइएको संयोजक बिसी बताउँछिन् ।

उनले भनिन्, ‘एम्बुलेन्समा उहाँलाई बिहान धनगढी लगे । उहाँको रिपोर्टबारे हामीलाई पनि थाहा दिइएको थिएन । दिउँसो मात्रै थाहा पायौं ।’ उनको रिपोर्ट ‘पोजिटिभ’ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनीसँगै एउटै कोठामा बसेका अन्य ३ जनालाई पनि सेती अस्पताल ल्याइने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन जयसिंह भण्डारीले एउटै कोठामा बसेका युवकमा संक्रमण देखिएपछि सँगै रहेकालाई पनि धनगढी ल्याउने उनको भनाइ छ ।

उनीसँगै कैलालीमा मात्रै कोरोना संक्रमितको संख्या ३ जना पुगेको छ । यसअघि विदेशबाट आएका धनगढीकै १ युवामा संक्रमण देखिएको थियो । विदेशबाट फर्केका ती युवककी भाउजुमा समेत संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दै उनकी भाउजुमा पनि संक्रमण देखिएको जनाएको छ ।

भारतको उत्तराखण्डबाट केही समयअघि फर्केका कञ्चनपुरको बेदकोटका ४१ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण रहेको पाइएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । योसँगै सुदूरपश्चिममा मात्रै संक्रमित संख्या ४ पुगेको हो । चारै जनालाई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x