फोहोर व्यवस्थापन गर्नेलाई महानगरले दियो सुरक्षा उपकरण

काठमाडौँ महानगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापनमा काम गर्ने कर्मचारीलाई  व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराएको छ। 

औषधि छर्ने काममा खटिने, फोहोर व्यवस्थापन स्थलमा ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने कर्मचारीलालाई  महानगरले सुरक्षा सामग्री प्रदान गरेको हो । 


Advertisement

उपकरणमा सुरक्षा लुगा एक सेट, चस्मा एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क तीन थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग छन्।

महानगरमा करिब ९ सय ५० कर्मचारी सरसफाइमा काम गर्छन्।  


Advertisement

मेयर विद्यासुन्दर शाक्यले लकडाउनका समयमा महामारीबाट बच्न सबैै मानिस घरमै बसेका बेला पनि सफाइकर्मी कार्यरत रहने भएकाले सामग्री दिइएको बताए।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्