फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ९ पुगिसकेको छ। तीमध्ये पहिलो संक्रमित युवा भने निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका छन्।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। उनले कोभिडको लक्षण, अस्पतालको निगरानी र उपचार प्रक्रिया लगायतका अनुभव कान्तिपुरकी बुनु थारुलाई यसरी सुनाए :
म चीनको वुहानमा अध्ययनको क्रममा थिए। जनवरी ३-४ को बीचमा मलाई सामान्य लक्षण देखिन थालेको थियो। सुरुमा त खोकी लाग्यो। त्यसबेला मसँग तापक्रम नाप्ने थर्मोमिटर थिएन। ज्वरो आएको छ/छैन भनेर थाहा पाउनै सकिएन।
त्यसबेला वुहानमा शून्य डिग्रीको तापक्रम थियो। एसी भएको कोठा तातो थियो। सिरक ओढेर सुत्दा हल्का पसिना आउने हुन्थ्यो। त्यसैले ज्वरो नै हो कि होइन, खुट्याउन सकिएन। जाडो बिदाको सदुपयोग गर्न म नेपाल फर्कने तयारीमा थिएँ। यसका लागि एक महिनाअगाडि नै टिकट बुक गरेको थिएँ।
घर फर्कन ४-५ दिन बाँकी थियो। वुहानमा नयाँ भाइरस देखियो भन्ने खालका समाचार आउन थाले। त्यसलाई सुरुमा गम्भीर रुपमा लिएको थिइनँ। त्यतिबेला संक्रमितको संख्या ज्यादै कम थियो। फेरि वुहानमा मात्रै देखिएको थियो। मलाई ज्वरो आएको त्यति महसुस थिएन। अलिअलि खोकीचाहिँ थियो। कोरोनाकै संक्रमण होला भनेर म आफैंमा विश्वस्त हुन सकिरहेको थिइनँ। रुममै बसिरहेँ। बाहिर हिँड्यो भने झन् बिरामले सताउँछ भनेर निस्किइनँ। किनकि घर जाने समय पनि आउनै लागेको थियो।
जनवरी ९ मा बिहान साढे ७ बजेको फ्लाइट थियो। वुहानदेखि कुनमिङ, कुनमिङदेखि काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि म काठमाडौंको आफ्नो कोठामा गएँ। ३-४ दिन नै बसेँ। त्यसबेला औषधिको रुपमा कफसिरप र सन्चो प्रयोग गरें। ठीक नभएपछि जनवरी १३ मा १० बजेतिर टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल गएँ।
डाक्टरलाई देखाउँदा त्यतिबेला मेरो शरीरको तापक्रम ९९.६ थियो। डाक्टरले ट्राभल हिस्ट्री र ब्याकग्राउन्डबारे सोधे। उनीहरुलाई वुहानको अवस्थाबारे पक्कै थाहा थियो। त्यसपछि मलाई अस्पतालको निगरानीमा बस्न आग्रह गरियो।
म अस्पतालमा ४ दिन बसें। दुई दिनसम्म चाहिँ सुत्दाखेरि श्वासप्रश्वासमा समस्या देखिन्थ्यो। श्वास छिटोछिटो चलेकोजस्तो लाग्ने। अक्सिजन लेभल ९० भन्दा माथि हुनुपर्ने रहेछ। श्वासप्रश्वासमा समस्या हुँदा मलाई २ दिन ३० देखि ४० मिनेटसम्म अक्सिजन दिइयो। एन्टिबायोटिक कफ सिरफजस्ता औषधि खुवाइयो।
तेस्रो दिन नै निको भइसकेको थिएँ। ममा पहिलेका लक्षण देखिन छाडिसकेका थिए। काठमाडौंको तापक्रम र शरीरको प्रतिरक्षा प्रणालीले काम गर्यो होला। तेस्रो दिनदेखि खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन छाड्यो। थप लक्षण देखिन सक्छ कि भनेर चौथो दिन पनि निगरानीमा राखियो। लक्षण नदेखिएपछि जनवरी १७ को बिहान १० बजेतिर म अस्पतालबाट डिस्चार्ज भएँ। र, सरासर आफ्नै रुममा फर्किएँ।
डिस्चार्जपछि पोजिटिभ रिपोर्ट
त्यतिबेला कोभिड-१९ को परीक्षण सुविधा नेपालमा उपलब्ध रहेनछ। डाक्टरका अनुसार मेरो लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। यसैले म शंकाको घेरामा भने थिएँ। अस्पतालमा भर्ना हुँदा स्याम्पलहरु लिइएको थियो। मेरो स्याम्पल ३ दिनपछि हङकङको ल्याबमा पठाइयो। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनवरी २४ मा मेरो कोरोना परीक्षणको रिपार्ट पोजिटिभ आएको जानकारी दियो। यो खबर मैले पनि मिडियाबाट नै सुरुमा थाहा पाएको हुँ।
सुरुमा त विश्वास लागेन। जानाजान पोजिटिभ भनेको जस्तो पनि लाग्यो। तर, लक्षण भने मिल्दोजुल्दौ नै थियो। किनकि, रुघाखोकी लाग्दा हाम्रो शरीर त्यति कमजोर हुँदैन। कोरोनाले भने कमजोर बनाउने रहेछ। श्वासप्रश्वास छिटोछिटो हुन्थ्यो। पोजिटिभ रिपोर्ट आएको सुन्दा परिवारमा खासै डराउनुभएन किनकि म ठीक भइकसकेको थिएँ।
रिपोर्ट आएपछि रुममै बस्नु भनेर डाक्टरहरुले भने। निको भएपछि मैले साथी र एक-दुई जना आफन्तलाई मात्र भेटेको थिएँ। अस्पतालमा (जनवरी २६ तिर) मेरो पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। फेरि अर्कोपटक पनि परीक्षण भयो। जनवरी ३१ को रिपोर्टमा पनि नेगेटिभ नै आयो। त्यसपछि मात्र बल्ल मलाई घर जान सक्नुहुन्छ भनेर डाक्टरहरुले भने।
कोरोना संक्रमित भइसकेको म चाँडे रिकभर भएँ। र, निको भएर घर फर्किएँ।
कोरोना लाग्दैमा मरिँदैन
अहिले म घरमै सामान्य दिनचर्या बिताइरहेको छु। युनिभर्सिटीको अनलाइन मिटिङ भइराखेको हुन्छ। पेपर वर्कहरु छन्, त्यसमै व्यस्त छु। प्रोजेक्ट वर्क पनि गरिराख्नुपर्ने हुन्छ।
अहिले कोभिड-१९ बारे सामाजिक सञ्जालमार्फत धेरै भ्रामक सूचना/समाचार प्रवाह भइराखेका छन्। यही कारण पनि धेरै मानिसमा 'कोरोना फोबिया' भएको देख्छु। संक्रमण भइहाले अलि बूढापाकालाई केही गाह्रो होला तर हामीजस्ता युवालाई सामान्य लक्षण नै हुन्छ। मलाई चौबीसै घन्टा ज्वरो आएन। तापक्रम थपघट हुन्छ। तर, एकदमै उच्च पनि हुँदैन। मेरो ९९ देखि १०२.४ सम्म उच्च ज्वरो थियो।
यदि कसैलाई संक्रमण भइहाले नडराउनु, बिस्तारै निको हुन्छ। जसमा प्रतिरक्षा प्रणाली कमजोर छ वा कुनै रोग छ, त्यस्ता व्यक्तिलाई अलि गाह्रो हुने हो। तर कोरोना लाग्दैमा मरिँदैन, निको भइन्छ। यसका लागि आशावादी बन्नुपर्छ, नकारात्मक सोच्नुहुन्न। कान्तिपुर दैनिकमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...