×

NMB BANK
NIC ASIA

कोरोना जोखिमले कैलाली कारागारका ३ कैदी रिहा, १६ जना एउटै टहरामा

चैत २४, २०७६

NTC
Premier Steels

जिल्ला कारागार कैलालीबाट ३ जना कैदीबन्दी कैद मिनाहा भई घर फर्केका छन् ।

Muktinath Bank

कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही निर्णयपछि कैदीबन्दीहरु निवेदनसहित जिल्ला अदालतमा उपस्थित भई तोकिएको जरिवाना भुक्तान गरी रिहा हुन लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला कारागार कैलालीका प्रमुख महेन्द्र खड्का अनुसार कैलाली जिल्लाको साविक उर्मा गाविस–७ का चन्द्रदेव ढुंगाना रिहा भएका छन् । विना इजाजत वन पैदावर हटाएको अभियोगमा उनी २०७६ माघ २७ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।

Vianet communication

धनगढी उममहानगरपालिका–३ का प्रशान्त कार्की पनि रिहा भएका छन् । उनी चोरी मुद्दामा २०७६ जेठ १२ गते पक्राउ परेका थिए । कैलालीको लम्कीचुहा नगरपालिका–१ की मीना जैसी पनि सर्वोच्चको निर्णयपछि रिहा भएकी छिन् । बहुविवाह मुद्दाको अभियोगमा जेल सजाय भोगिरहेकी उनी २०७६ जेठ २४ गते पक्राउ परेकी थिइन् ।

सजाय भुक्तान गर्न बाँकी दिनको प्रतिदिन ३०० रुपैयाँका दरले जरिवाना भुक्तान गरी उनीहरू रिहा भएका हुन् । अझै ७ जना कैदीबन्दी मिनाहाको प्रक्रियामा रहेको कारागार प्रमुख खड्काले जानकारी दिए ।

सर्वोच्चले मातहतका सबै अदालतलाई परिपत्र गर्दै १ वर्षसम्म कैद सजाय ठहर भएका र कैद सजाय काटिरहेका कैदीबन्दीलाई रिहाइ गर्न आदेश दिएपछि कैदीबन्दी रिहा हुन लागेका छन् ।

कैलाली कारागरमा १५० जना कैदीबन्दी राख्ने क्षमता रहेको छ तर अझै ४५५ जना कैदीबन्दी कैद भुक्तान गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण नबढोस् भन्ने उद्देश्यले जेलमा कैद भुक्तान गरिरहेका कैदीबन्दीसँग बाह्य भेटघाटलाई भने पूर्णरुपमा बन्द गरिएको छ तर कारागारमा क्षमता बढी कैदी राखिएकाले संक्रमणको जोमिख पनि उत्तिकै छ ।

पर्याप्त भौतिक संरचना नहुँदा कैलाली कारागारभित्रै कैदीबन्दी राख्नलाई १० वटा टहरा बनाइएको छ । जुन टहराभित्र १६० जना कैदीबन्दीलाई राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x