×

NMB BANK
NIC ASIA

वीरगञ्जका कोरोना संक्रमित : ३ महिनाअघि नेपाल आएर विभिन्न मस्जिदमा घुमफिर

बैशाख १, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पर्साको वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पाइएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका–२ छपकैयालाई पूर्णरुपमा शिलबन्द गरेको छ ।

Muktinath Bank

छपकैयास्थित मस्जिदमा रहेका व्यक्तिमा कोरोना ‘पोजिटिभ’ देखिएकाले सम्पूर्ण क्षेत्र नै पूर्णरुपमा शिलबन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘जुन मस्जिदमा उहाँहरू बस्नुभएको थियो, त्यो मस्जिदसहित पूरै वडा नम्बर २ लाई नै शिलबन्द गरिएको छ ।’ वडा न कोही आउन सक्ने, न त कोही जान सक्ने गरी शिलबन्द गरिएको छ ।


Advertisment
Nabil box
Kumari

संक्रमित व्यक्ति कहाँबाट वीरगञ्ज आए, क–कसको सम्पर्कमा पुगे सबै अनुसन्धान गरेर थप कोरोना जाँच गर्ने तयारी भइरहेको एसपी पन्तले बताइन् । उनका अनुसार संक्रमित भएका तीनै जना व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

Vianet communication

‘उनीहरू ३ महिनाअघि नै नेपाल आएको देखिन्छ,’ एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘नेपाल आएर नेपालका विभिन्न जिल्लामा रहेका मस्जिदमा घुमेको पाइएको छ ।’ ती व्यक्ति मुस्लिम धर्म प्रचारक जमाती भएका कारण नेपालका सुनसरी, सप्तरी, बारा, पर्सासहित विभिन्न जिल्लाका मस्जिदमा घुमेको कुरा संक्रमितले स्वीकार गरिसकेका छन् ।

‘खास गरेर अहिले हामीले पछिल्लो २१ दिनमा उनीहरूको ट्राभल हिस्ट्री कस्तो छ भन्ने कुराको ट्रेस गर्नेतर्फ केन्द्रित भएका छौं,’ एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘उहाँहरू पछिल्लो २१ दिनमा मात्रै पर्साका विभिन्न ठाउँमा घुम्नु भएको छ, विभिन्न व्यक्तिलाई भेट्नुभएको छ ।’ जिल्ला सदरमुकाम वीरगञ्जस्थित मस्जिदमा बसेका बेला ती व्यक्तिको सम्पर्कमा आएका १६ जनाको पहिलो चरणमा पहिचान गरिएको उनले बताइन् ।

‘नेपालमा लकडाउन घोषणा हुनुभन्दा ४ दिनअघि मात्रै संक्रमित भएका ३ जनामध्ये २ जना वीरगञ्जको नजिकै रहेको नाकामार्फत भारतको रक्सौल गएको देखिएको छ,’ एसपी पन्तले भनिन्, ‘भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातमा उनीहरू गएका थिए वा थिएनन् भन्ने कुराको अनुसन्धान गर्न बाँकी नै रहेको छ ।’

संक्रमित भएका तीनै जनालाई ४ दिनअघि नै नार्यनै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार जारी छ । सम्पर्कमा रहेका अन्य व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भएका व्यक्तिसंग नियमित सम्पर्क गरेर थप अनुसन्धान शुरू गरिएको एसपी पन्तले बताइन् । 

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित एउटा मस्जिदमा रहेका २१ जना शंकास्पद व्यक्तिको नमूना लिइएको थियो । त्यसमध्ये ३७, ५५ र ४४ वर्षीय ३ जना पुरुषलाई कोरोनाको संक्रमण ‘पोजिटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x