×

NMB BANK
NIC ASIA

कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : रोकथाम र उपचारका लागि कस्तो छ बन्दोबस्त ?

बैशाख २, २०७७

NTC
Premier Steels

२ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमित भेटिएसँगै पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकास्थित नारायणी अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयले सोमवार पत्र पठाएर अस्पताललाई कोरोना समर्पित अस्पतालको रुपमा तयार पारेको निर्देशन दिएपछि सोही अनुसार तयारी अगाडि बढाइएको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. मदन उपाध्यायले बताए । वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसअघि ५ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो,’ डा. उपाध्यायले भने, ‘अब थप २० शय्याको आइसोलेसन वार्ड बनाउने काम अगाडि बढाएका छौं ।’ उनका अनुसार अस्पतालमा हालसम्म ६ शय्याको सघन कक्ष (आईसीयू) छ भने २ वटा भेन्टिलेटर छ ।


Advertisment
Nabil box
Kumari

कोरोना विशेष अस्पतालको रुपमा यसअघि तयारी नगरिएपनि नेपाल सरकारले निर्णय गरेर पत्र नै पठाइसकेपछि अस्पताललाई कोरोना विशेष बनाइएको मेसु उपाध्यायले बताए । अस्पतालमा ज्यालादारी, करार, अस्थायी, स्थायी गरेर ३५० जना जति जनशक्ति कार्यरत रहेका छन् ।

Vianet communication

अस्पतालमा ४ जना कोरोना संक्रमित आइसोलेसन वार्डमा भर्ना भएका छन् । वीरगञ्जको मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र रौतहटमा संक्रमण पुष्टि भएका १ जना युवालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । ‘चारै जनालाई एकै कोठामा १–१ मिटर दूरीमा राखिएको छ,’ मेसु उपाध्यायले भने, ‘अहिलेसम्म चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।’ 

उपचारका लागि ३ जना चिकित्सकलाई राउन्ड गर्ने जिम्मेवारी साथ ६ जना नर्सिङ स्टाफलाई चौबिसै घण्टा खटाइएको छ । २–२ जना नर्सलाई ३ शिफ्टमा काम गर्ने गरी परिचालन गरिएको छ । संक्रमित चारै जनालाई दैनिक २ पटक खाना र २ पटक खाजा दिने गरिएको मेसु उपाध्यायले बताए ।

‘हिजोसम्म २–२ पटक दाल, भात र तरकारी दिने गरेका थियौं,’ मेसु उपाध्यायले लोकान्तरसँग भने, ‘भारतीय ३ जना नागरिकमध्ये १ जनाले रोटी मागेका गरेका कारण साँझदेखि रोटी पनि दिएका छौं ।’ बिरामीलाई सामान्य औषधि प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, प्रदेश स्वास्थ्य निर्देशनालयको टोली र विश्व स्वास्थ्य संगठन सहितको संयुक्त टोलीले संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम गरिरहेको उनले जानकारी गराए ।

वीरगञ्जमा धमाधम परीक्षण 

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा संक्रमण पाइएपछि ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्दै स्वाब संकलन गर्ने कामलाई तीब्रता दिइएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाका अनुसार ती ३ जनाको सम्पर्कमा आएका ३८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको छ ।

यसअघि संक्रमण पुष्टि भएका ३ जना व्यक्तिसँगै २५ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी २२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

बाँकी ठाउँमा किटबाट परीक्षण 

पर्सा जिल्लामा रहेका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कीटबाट परीक्षण भइरहेको छ । चौरसियाका अनुसार पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिकाका ४ जना, कालिकामाई गाउँपालिकाका ३ जना र छिपहरमाई गाउँपालिकाका ३ जना गरेर १० जनाको सोमवार किटबाट कोरोना परीक्षण गरिएको छ । ‘१४ दिनसम्म क्वारेन्टाइनमा बसिरहनुभएका १० जनाको किटबाट परीक्षण गर्दा रिजल्ट नेगेटिभ आयो,’ चौरसियाले लोकान्तरसँग भने, ‘त्यसपछि ७ दिन आफ्नो घरमा नै होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।’

वीरगञ्ज ‘हटस्पट’

वीरगञ्ज महानगरपालिका–२ छपकैया टोल र वडालाई कोरोनाको संदिग्ध हटस्पटका रुपमा किटान गरेर सोमवारदेखि नै पूर्णरुपमा शिलबन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । संक्रमित ३ जनाको ‘ट्राभल हिस्ट्री’का आधारमा सम्पर्कमा आएका ७३ जनाको खकार स्वाब संकलन गरिसकिएको उनले बताए । जसमध्ये सोमवार ३८ जना र मंगलवार ३५ जनाको स्वाब संकलन गरिएको छ ।

उनका अनुसार पर्सा जिल्लामा हालसम्म १६७ जनाको स्वाब संकलन गरिएको छ । बाँकी संदिग्ध ठाउँमा समेत परीक्षण गर्ने कामका लागि स्वाब तथा र्‍यापिड किटले नमूना संकलनको कामलाई अगाडि बढाइएको बस्नेतले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x