×

NMB BANK
NIC ASIA

गरीबलाई स्थानीय तहबाट राहत : कुहिएको चामल, किरा परेको दाल !

बैशाख ३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न सिराहाको लहान नगरपालिकाले १ करोड ३० लाख खर्च गरेको छ तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ ।
गन्हाउने चामल पकाएर छाक टारेका कैयौंलाई पखाला लागेको छ । 

Muktinath Bank

राहत वितरण गर्न नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो । एक हजार ६ सय क्विन्टल चामल किनेर नगरपालिका ल्याएपछि नयाँ प्याकिङ गरेर २०–२० किलोको पोका बनाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसरी बोरा फोरेर नयाँ प्याकिङ गर्दा कुहिएको चामल प्रस्टै देखिनुपर्ने हो तर गरीब हुन्, जस्तो पनि खान्छन् भनेर लाइन लगाएर वितरण गरियो,’ स्थानीय नागरिक अगुवाले भने । 


Advertisment
Nabil box
Kumari

राहत बाँड्ने दिन विपन्न परिवार नगरपालिका कार्यालयमा ओइरिएका थिए । दिनभर लाइन लागेर २० किलो चामलसहितको राहत पाएपछि खुसी हुँदै घर गएकाले पनि खाना खान पाएनन् । किनकि चामल पकाउँदा नै गन्हाएर घरभित्र बस्न नसक्ने भएको थियो । तर, कैयौं विपन्न दलितले त्यही गन्हाउने भात खाएर छाक टारे तर रातिदेखि नै पखाला लागेर उनीहरू बिरामी छन् । खासगरी वडा नम्बर ५, १५ र २४ का का बासिन्दालाई पेट दुख्ने र पखाला लाग्ने समस्या छ । 

Vianet communication

छिमेकी बिरामी हुन थालेपछि अन्यले पनि चामल पकाएका छैनन् । लहान– ५ बलुवाटोलकी लक्ष्मी मेस्तरले चामल गन्हाएर खानै नसकेको बताइन् । ‘खानेकुरा नभएकाले कतिपयले त्यही चामल पनि खाए, तर मैले निल्न नसकेपछि भातै फालिदिएँ,’ मेस्तरले भनिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

लहान–५ कै मजदुर कृष्ण कन्हैयाले पनि एकपटक चामल पकाएका थिए । गन्हाएर खान नसकेपछि फेरि पकाउन सकेका छैनन् । लहान– २४ खपानीटोलका लगनलाल पासवानले दुर्गन्धित चामल डल्ला परेको बताए । ‘चामल डल्लो परिसकेको थियो, तैपनि भोक टार्न सकिन्छ कि भनेको, निल्नै सकिएन,’ उनले भने । 

निमुखा जनताले चामल गन्हाएर खान सकिएन भनेर गुनासो गर्दा पनि नगरपालिकाप्रमुख मुनी साहले भने वितरित चामलको गुणस्तरमा कुनै समस्या नभएको दाबी गरे । उनले भने, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भयो भनेका हुन् ।’

साहले त्यसो भने पनि यो चामल उनले आफ्नो निजी स्रोतबाट दिएका होइनन्, राज्यको ढुकुटी खर्च गरेर जनताका लागि वितरण गरेका हुन् । तर उनले ती विपन्नले पनि नगरपालिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘संकटको समयमा नगरपालिकाले राहत बाँड्यो तर राजनीतिक षड्यन्त्र गर्नेहरूले हामीविरुद्ध प्रचार गरेका हुन् ।’ 

नगरले ४ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टल पर्ने सोना मन्सुली चामल खरिद गर्न १० प्रतिशत छुटमा ६६ लाख ७४ हजार २ सय ५० रुपैयाँ खर्चिएको छ । १ करोड ३० लाखमध्ये अन्य रकम अन्य सामग्रीमा खर्च गरिएको छ । 

राहत प्याकेजअन्तर्गत प्रतिघरधुरी २० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, चार किलो आलु, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय रुपैयाँ दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘प्रक्रिया र्पुयाएर किनेको चामल हो, गुणस्तरहीन भए फिर्ता गरेर खानयोग्य चामल दिन्छौं ।’ 

कलैया उपमहानगरका मेयरकै पसलबाट कीरा लागेको दाल खरिद गरेर राहतमा वितरण

कलैया उपमहानगरपालिकाले सरकारी बजेटमा सर्वसाधारणलाई कीरा लागेको दाल वितरण गरेको छ त्यो पनि मेयर राजेश रायको पसलबाट खरिद गरेर । प्रहरीले २५ बोरा दाल बरामद गरेको छ भने रायको गोदाम ‘सिल’ लगाएको छ । 

मेयर रायले कलैया– २० मा सञ्चालन गरेको ‘आइस एन्ड कोल्ड स्टोर’को गोदाम सिल गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । ‘२५ किलो दरका ३ सय ८० बोरा दाल रहेको गोदाम सिल गरिएको छ । स्थानीयलाई वितरण गर्न लागिएको २५ बोरा दालसमेत नियन्त्रणमा लिई वसन्तपुर चौकीमा राखिएको छ,’ पंगेनीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x