×

NMB BANK
NIC ASIA

रुँदारुँदै पैदल यात्रा : लकडाउनमा घर फर्किनेक्रम जारी

बैशाख ६, २०७७

NTC
फाइल फोटो
Premier Steels

कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको  क्रम जारी रहेको छ । 

Muktinath Bank

‘आफू यता बस्यो परिवार र आफन्तको चिन्ता लाग्छ । कति दिन परिवारको पिर गरेर मन एकातिर ज्यान अर्काेतिर गरेर बस्ने,’ नाम र स्थान नखुलाउँदै एक पुरुषले गहभरि आँसु झार्दै भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘के थाहा यो रोगको नियन्त्रण कहिले हुन्छ । आपत् विपत्मा परिवारसँगै बसाँै भन्ने लाग्दो रहेछ । गाउँ पुग्न पाए परिवारसँगै बसी भए भात नभए खोलेफाँडो भए पनि खाउँला । दुःख गरौं । परिवारलाई खुशी दिउँ भनेर राजधानी छिरियो । हिँड्दा हिँड्दै परिवारको मुख पो देख्न नपाउने हो कि ! भन्ने डर पनि छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

यात्राका क्रममा सडकमा दुईबाट चार र चारबाट आठ थपिँदै जाँदा सामाजिक दूरी कायम गर्न सकिन्न । सबैको पीडा एकै किसिमको छ । सबैलाई परिवार भेट्नु पनि छ । ‘सडकमा हिँड्दा एक यात्रुले अर्काे यात्रुलाई कसरी दूरी कायम गर भन्नु । यात्रामा रहेका साथीलाई एक्लै छाडेर हिड्न सभ्यताले आजसम्म सिकाएको छैन,’ घर हिडेका एक यात्रुले भने । 

Vianet communication

गोदावरीको लेलेबाट कान्ति लोकपथ शुरुआत हुने हुँदा गोदावरीको चापागाउँ हुँदै वाग्मती गाउँपालिमा, सो गाउँपालिकाको अन्त्य विन्दुमा वाग्मती नदी तरेपछि मकवानपुर जिल्ला हुँदै अन्त्यमा हेटौंडा छिर्ने मानिसको लर्काे दैनिक करीब १ हजार हुने गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

‘यो सडकखण्ड हुँदै घर बाहिरिने मानिसको क्रम रोकिएको छैन,’ उनले भने । बन्दाबन्दीमा किन हिँडेको प्रश्नमा यात्रुले भने, ‘कति दिन कोठामा बसेर खाने । अझ कति दिन बन्दाबन्दी थपिने हो थाहा छैन ।’

सरकारले बन्दाबन्दीभर कोठा भाडा मिनाह हुने कुरो अघि बढाएपनि भाडा नै आयस्रोत हुने घरबेटीलाई कसरी हामी दिन्नौं भन्ने लागेर घर हिँडेको कति यात्रीले बताएका अध्यक्ष लोप्चनले जानकारी दिए । – सुभानु आचार्य/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x