कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
बैशाख ६, २०७७
गाउँमा रोजगारीको अवसर नभएको र कमाई अभावमा जीवन जीउन समस्या हुने भन्दै काम गर्न नवलपरासी गएका मजदुर कर्णाली प्रवेश गर्न नपाउँदा बर्दियाको बबईमा अलपत्र परेका छन् ।
गत फागुनमा सडक निर्माण गर्न भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका र दैलेखको आठबीस नगरपालिकाबाट नवलपरासीको बौद्धकाली गाउँपालिका एक मचेडीमा गएका नागरिकहरू खान बस्न समस्या भएपछि पाँच दिनको लामो यात्रा तय गर्दै बबईमा आइपुगेका हुन् । उनीहरू शुक्रवार राति ११ बजे कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशको सिमा बबईमा पुगेका थिए ।
‘हाम्रो त्यहाँको बसाई पालमा थियो । रासन पानी सकियो । दाल भएको बेला चामल नपाइने, तरकारी भएको बेलामा दाल नपाइने, राशन भएको बेलामा पानी नपाइने अवस्था आयो । तीन चार रात हामी त्यहाँ भोकै सुत्ने अवस्था आएको थियो । गाउँमा पानि लिन जानुपर्ने तर स्थानीयले खानेपानी प्रयोग गर्न नदिएपछि हामीसँग अन्य कुनै विकल्प भएन । त्यहि भएका कारण हामी सबैजना गाउा फर्किएका हौं,’ नवलपरासीबाट आएका आठबीस नगरपालिका वडा नं. ९ छेपाडीका ददिराम विश्वकर्माले लोकान्तरसँग भने, ‘त्यहाँ हामीले तीन वटा सर्प पनि मारेका थियौं । सर्पको विगविगि एकातिर अर्कोतिर खाना नै नपाउने अवस्था भएका कारण हामी पैदलै भएपनि फर्कन विवश भयौं ।’
खर्चपानी सबै सकिएको, त्यहाँ बसेको खण्डमा अन्यबाट सहयोग पाउने अवस्था नदेखेका कारण आफुहरू जोखिम मोलेरै भएपनि पैदल नै आएको विकको भनाइथियो ।
उनीसहित त्यहाँ मजदुरी गर्न गएका ३८ जनाको समूहलाई प्रहरीले गएराति एक बोत्तल पानी दिएको थियो भने एक चाउचाउ दिएको खाँडाचक्र २ का कलबहादुर खड्काले बताए ।
‘हामीले पाँच दिनदेखि भात खान पाएका थिएनौं । पाँच दिनमध्ये तीन दिन हामी पैदल नै हिंड्यौं । कावासोती गाउँपालिकाका अध्यक्षले हामीलाई गाडीको व्यवस्था गरेर बुटवल पुर्याइदिए ।
बुटवलबाट त्यहाँका प्रहरीले हामीलाई बबईसम्म गाडीमा पठाइदिएका हुन् । अहिले हामी आफ्नो प्रदेशमा प्रवेश गर्न पाएनौं,’ उनले भने, ‘आज विहान आफूले ल्याएको भाँडामा बबई नदिको किनारमा गई भात पकाई खाएका छौं । प्रदेश सरकारले हामीलाई उद्धार गर्छ कि भन्ने अपेक्षामा हामी बसेका छौं ।’
आफुहरू प्रदेशको सिमामा आइसकेको बताउँदै अबको रात कर्णालीमा नै बताउने आशा गरि पर्खिरहेको लोकान्तरलाई बताए ।
यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आजै उनीहरूको उद्धार गरि वीरेन्द्रनगर ल्याईने बताए । ‘हामी सीमामा कुनै पनि नागरिकलाई अलपत्र पर्न दिदैंनौं,’ मन्त्री भण्डारीले भने, ‘आजै उहाँहरूलाई सीमाबाट उद्धार गरेर वीरेन्द्रनगर ल्याउँछौं । उहाँहरू सबैलाई क्वारेन्टाईनमा राख्ने तयारी गरेका छौं ।’
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...