दश वर्ष भयो आँखा ओभानो भएको कुनै रात छैन । जसले बुढ्यौलीमा पाल्नुपर्ने हो, ऊ अचेत अवस्थामा ढलिरहेको छ । राष्ट्रका लागि आफ्नो छोरो घाइते भई अर्धचेत अवस्थामा ढलिरहँदा पनि उनी शुरुमा मुस्कुराउँछिन् र भावुक हुन्छिन् अनि बर्बराउँछिन् ।
‘अवपनि मेरो छोरा जस्तै कसैको छोरा परिवर्तन को नाउँमा घाईते हुनु नपरोस्’ दोस्रो जनआन्दोलनका जिउँदो शहिद मुकेश कायस्थकी आमा मिरा कायस्थ भन्छिन् । उनी चिन्तत छिन आफ्नो छोरा घाईते भएर मात्र होइन दलका नेताहरु झै झगडामा मात्र छन् र संविधान कार्यन्वयनको कुनै टुंगो छैन भनेर ।
आफ्नो छोरो घाईते भएर शैयाको शैयामा भएपनि उनी अब मुलुक विकास भइदिए हुनथ्यो भन्ने चिन्ता व्यक्त गर्छिन् । जनआन्दोलनका दोषीलाई सरकारले कार्वाही नगरेकोमा पनि उनी दुखी छिन् ।
‘दोषी हैन भने हैन भनिदिए हुन्छ हो भने कार्वाही नगरी बस्नु सहिदको अपमान हो’ उनले भनिन् ‘११ बर्ष बितिसक्यो आशु पिएर बाचेकी छु अबत आशु पनि रितियो । हामि बुढो हुँदै गयो छोरोको उमेर बढरिहेको छ ।’ आफूहरु थलिएमा कस्ले हेरचाहा गर्ला भन्ने उनीहरुको चिन्ता छ ।
‘खान सक्छ, बोल्न सक्दैन, इशारा गर्छ उठ्न सक्दैन कहिले काही मुस्कुराउछ त्यही मुस्कुराईले जिउन सहज बनाइरहेको छ’ मीराले गहभरी आसु बनाइन । ‘कहिले उठ्ला र आमा भनेर बोलाउँछ भन्ने लागिरहन्छ ।’ छोराको यो अबस्थाका कारण मीरा कतै जादिनन ।
‘हामी रमाइलो गर्दा छोरो पिडिामा तड्पिरहेको हुन्छ । छोरो यस्तो अवस्थामा देख्दा देख्दै के रमाइलो गर्नु’ मीराले लोकान्तरसँग भनिन, ‘कहिले काही उस्का बाबु भक्कानिनु हुन्छ कहिले म ।’ अहिलेकाहिँ आफूहरु कति अभागी रहेछौ जस्तो पनि लाग्ने गरेपनि छोराले देशको लागि रगत बगाएका सम्झेर मन बुझाउने गरेको उनले सुनाइन् । ‘मेरो छोरा जस्तै लाखौ लाख नेपालीहरुले सडकमा गर्जेका आावाज अझै कानमा गुन्जिन्छ तर नेताहरुले सपना भुल्लान्की डर लाग्छ’ उनले भनिन् ।
पहिला पहिला चासो दिएपनि नेताहरुले विस्तारै बिर्षदै गएको उनीहरुको गुनासो छ । ‘लाग्छ कहिले काही त सबैले बिर्सिन्छन् कि जस्तो पनि लाग्छ’ उनले सुनाइन् । छोरालाई जिउँदो सहिद घोषणा गरिदिए उनको सपना पुरा हुने ठान्छीन् मीरा ।
छोराको नाममा प्रतिष्ठान खोलिए पनि त्यसमा सोचेजस्तो सहयोग जुट्न सकेको छैन । छोराको नाउँमा समाज सेवा गर्ने ठूलो रहर छ । प्रतिष्ठानको नाउँमा सहयोग जुटे अपाङ्ख पर्नस्थापना केन्द्र खेल्ने रहर रहेको उनले सुनाईन ।
त्यो अपाङ्ग पुर्नस्थापनामा जनयुद्घ, जनआन्दोलन र जन्मिदै वा कुनै कारण अपाङ्ग भएकाहरुलाई राखेर सेवा गर्ने ठूलो चाहाना छ उनको । स्थानिय निर्वाचन आए पनि कुनै दलका नेताहरु उनकोमा पुगेका छैनन् । ‘हामी देशका मान्छे कुनै पार्टीका होइनौ त्यही भएर पनि होला कोही आएको छैन अचेल’ उनले सुनाइन् । ‘हामीहरु त देशको झन्डा बोक्छौ कुनै पार्टीको झन्डा मत्र बोक्नु मुकेशको लागि अन्याय हुन्छ त्यही भएर होला चुनावको विषयमा चाहि कोही आएको छैन ।’
सरकारले दिएको सेवा सुविधामा उनको कुनै गुनासो छैन तर छोरोको तौल बढिरहेको र आफ्नो उमेर ढल्किदै गएकोमा मुकेशलाई अपाङ्ग मैत्री कोठा नभएकोमा चिन्ता छ उनको ।
भूकम्प जादा समेत साथमै‘भूकम्प जादा समेत मुकेश लाई छोड्न सकिएन पटक पट्क को पराकम्पन जाँदा मरे म हामी छोरा संङ्गै मर्ने भनेर मुकेश को वुवाले छोड्न मान्नुभएन’ दुइ बर्ष अगाडिको घटना सम्झदै उनले भनिन ‘निकै त्रास मा हामि वाँच्यौ कहिले त भगवान छन् जस्तो लाग्छ कहिले मेरो दुख बुझ्ने कोई छैन जस्तो लाग्छ यो मनलाई संम्झाउनै सकिदैन् ।’ हरेक पर्वहरुमा खल्लो लाग्छ ।
जव वैशाख ११ मा लोकतन्त्र दिवस आउछ तव एकपटक हरेक मिडियामा मुकेश सेलिब्रेटि जसरी नै छाउने गर्छन । आज पनि हरेक मिडियामा मुकेश प्रमुख समाचार वनेर छाईरहेका छन् भोलिवाट सवैले विर्षिहाल्छन् । वषौ देखि यस्तै छ ।
प्रहरीको गोलीले ११ महिना अस्पताल २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका कायस्थलाई काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो । जनआन्दोलनमा १५ वर्षीय मुकेशको कन्चटमा गोली लागेको थियो । मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ ।
२०६२ साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए । उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८ को परीक्षा दिइसकेका थिए ।
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन, नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन ।
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट काभ्रेपलाञ्चोक जिल्ला, उग्रचण्डी नालाका भीमसेन दाहालको मृत्यु भैसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो ।
शव लिन नालाबाट धुलिखेल आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो । शिवहरि कुँवर घटनास्थलमै मारिए भने मुकेश घाइते भए घटनामा संलग्न आन्दोलनकारी मुक्ति विष्टले बताए ।
। मुकेशसँगै बनेपाकै बिक्रम कपालीलाई गोलीको छर्राले लाग्यो । उनले भने ‘मुकेशलाई त हामीले बचाउन सक्यौ तर शिवहरी कुँवरलाइृ बचाउन सकेनौ ।’
१४ बर्षका मुकेश अहिले २५ बर्षका भए सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो । बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारले मुकेश घाइते भएपछि पसल नै बन्द गरेका छन् ।
मुकेश को नाममा प्रतिष्ठान मुकेश को अवस्था अवस्था चिनताजनक भएपछि उनि पठ्नपाठन गर्ने बनेपा को विधासागर र्बोडिङ् स्कुलका प्रेन्सिपल हिरा शर्मा नेपालले प्रतिष्ठान गठन गरेर मुकेश लााई सहयोज जुटाउन विभिन्न काम गरीरहेको छ । जनआन्दोलनका घाईते मुकेसलाई बाँच्न मदत पुराउने उदेश्यले प्रतिश्ठान खोलिएको प्रतिश्ठानका अध्यक्ष हिरा शर्माले बताए ।
Advertisment
Advertisment