×

NMB BANK
NIC ASIA

नेकपामा रोकिएन अध्यादेशको पराकम्प, ओलीकै कार्यशैलीका कारण बलियो बन्दै 'ओलीइतर समूह'

सांसदहरूको नाडी छामेपछि प्रधानमन्त्रीले संसदीय दलमा आफ्नो वास्तविक शक्ति थाहा पाए

बैशाख १२, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवादित दुईअध्यादेशको पराकम्प आउने क्रम जारी छ । राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश गत सोमवार नै राष्ट्रपति कार्यालयबाट जारी भएपछि नेकपाभित्र आन्तरिक विभाजनको राजनीति चलिरहेको छ ।

Muktinath Bank

शुक्रवार बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठकले दुवै विवादित अध्यादेश फिर्ता गर्ने निर्णय गर्‍यो तर यसले पार्टीभित्र संकट तत्काल हल गर्ने ठानिएको छ । तर ओलीको एकलौटीबाट आजित भएका नेकपाका नेताहरू ओलीविरुद्धको मोर्चामा थप अघि बढ्ने सम्भावना कायमै रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत सोमवार अध्यादेशका बारेमा छलफल गर्न सचिवालय बैठक बसेकै बेला अध्यादेश जारी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल अध्यादेश जारी गरेर यसविषयमा छलफल गर्नु आवश्यक नरहेको सन्देश दिन खोजे ।


Advertisment
Nabil box
Kumari

नेकपा सचिवालयका अधिकांश सदस्यहरूले बैठकमै प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका थिए । 

Vianet communication

स्थायी कमिटी बैठक माग

त्यसको भोलिपल्ट अर्थात् मंगलवार नेताहरूको दौडधूप जारी रह्यो । ओलीइतरका नेताहरूको एउटा अघोषित गठबन्धन बन्यो । सचिवालयपछिको दोस्रो शक्तिशाली निकाय स्थायी कमिटीका सदस्यहरूले बैठक बोलाउन माग गरे । नभन्दै २० जना स्थायी कमिटीका नेताहरूले हस्ताक्षरसहित तत्काल स्थायी कमिटी बैठक बोलाउन अध्यक्षद्वयलाई पत्र नै पठाए । 

प्रधानमन्त्री ओलीले यसबीचमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यादेश ल्याउनुको उद्देश्य प्रष्ट पार्न नखोजेका होइनन् । नेकपा फुटाउन नभई अन्य दल फुटाउन अध्यादेश ल्याइएको तर्क पनि ओलीपक्षीय नेताहरूले गर्न थाले । तर त्यो तर्कमा खासै दम थिएन । यद्यपि समाजवादी पार्टी फुटाउने तयारी भित्रभित्रै रहेको भने प्रस्ट भयो । 

सांसदहरूको नाडी छाम्ने अभ्यास !

यसबीचमा प्रधानमन्त्रीले प्रदेशगत संघीय सांसदहरूलाई बोलाएर छलफल गरे । त्यहाँपनि उनले अध्यादेशलाई लिएर आफ्नो पक्षमा असहज परिस्थिति बनिरहेको बुझ्ने मौका पाए ।

‘खासमा उहाँले नाडी छाम्न बोलाउनुभएको रहेछ,’ प्रधानमन्त्री ओलीले डाकेपछि बालुवाटार पुगेका एक सांसदले लोकान्तरसँग भने, ‘उहाँले आफ्नो कुरा मात्रै राख्नुभयो ।’ 

पढ्नुहोस् यो पनि - विवादित अध्यादेशमा देखियो प्रधानमन्त्री ओलीको ‘अस्वस्थ चिन्तन’ ! 

बालुवाटार ब्रिफिङमा समर्थन जनाएर टाउको हल्लाउने सांसद आफ्नो पक्षमा रहेको, चुपचाप बस्ने ग्रे एरियामा रहेको र प्रतिवाद गर्न खोज्ने विपक्षमा रहेको निष्कर्ष ओलीले निकालेका थिए ।

‘अधिकांशको नाडी आफ्नो पक्षमा नचलेको पाएपछि उहाँ अध्यादेश फिर्ता लिने निष्कर्षमा पुगेको हुनुपर्छ,’ ती सांसदले भने । सुदूरपश्चिम र प्रदेश १ का संघीय सांसदहरूको नाडी छामेपछि संसदीय दलमा आफूअनुकुल परिस्थिति नभएको निष्कर्षमा ओली पुगेका थिए । 

त्यसपछि उनले सांसदहरूको नाडी छाम्ने काम बन्द गरेर शीर्ष नेताहरूको नाडी छाम्न शुरू गरे । आफ्नै विश्वासपात्र मानिने कतिपयले प्रधानमन्त्रीलाई पछि हट्न सल्लाह दिएको स्रोतको दाबी छ ।

भैँसेपाटी गठबन्धनको दोस्रो ‘एपिसोड’ 

अध्यादेश प्रकरणको तेस्रो पराकम्पका रूपमा नेकपाभित्र ‘भैंसेपाटी गठबन्धन’ ब्युँतिएको छ । गत पुसको तेस्रो साता नेकपाका हालका उपाध्यक्ष वामदेव गौतमनिवास भैँसेपाटीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच बनेको गठबन्धनले सभामुखमा ओलीको दाबीलाई खारेज गर्दै ओलीइतर खेमाबाट बनाउनुपर्ने निर्णय गर्‍यो । 

उक्त गठबन्धनको ‘उद्देश्य’ सभामुख दाबी गर्नुमात्र थिएन । ओलीभित्र बढिरहेको स्वेच्छाचारितालाई लगामसमेत लगाउनु थियो । बिहीवार अपराह्न गठबन्धनको दोस्रो ‘एपिसोड’ देखियो । दोस्रो एपिसोडमा नयाँ पात्रका रूपमा यसअघि ओलीनिकट मानिने विष्णु पौडेलसमेत सामेल भए । 

पढ्नुहोस् यो पनि - राजनीतिक कोर्स नै बदल्ने गठबन्धन : त्यो धोबिघाट, यो भैंसेपाटी !

अपहरण प्रकरण !

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानको अध्यादेश ल्याउनुको कारण पुष्टि गर्नु थियो । त्यसैले समाजवादी पार्टीका असन्तुष्ट नेताहरूलाई मन्त्री बनाउने प्रलोभनसहित पार्टी फुटाल्न सहयोग गर्ने दिशातर्फ ओली बढे । 

ओलीकै निर्देशनमा समाजवादी पार्टीका सांसद तथा पूर्व राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवलाई उनको घरबाट काठमाडौं ल्याइयो । ओलीनिकट मानिने सांसद महेश बस्नेत, तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावमा हराएर चर्चा कमाएका अर्का सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले महोत्तरीस्थित डाक्टर यादवको घरमै पुगेर उनलाई काठमाडौं ल्याए । 

डाक्टर यादवलाई काठमाडौं ल्याउँदै गरेको थाहा पाएपछि समाजवादी पार्टीका नेताहरू यसलाई ‘अपहरण’ भन्दै मिडियामा प्रस्तुत भए । यद्यपि लोकान्तरसँगको कुराकानीमा सांसदद्वय बस्नेत र श्रेष्ठले यो राजनीतिक भेटघाट मात्र रहेको दाबी गरेका छन् ।

अध्यादेशको साइड इफेक्ट– राजपा र समाजवादी पार्टीको एकीकरण 

समाजवादी पार्टी फुटाउने षड्यन्त्र प्रधानमन्त्री ओलीबाटै भएको निष्कर्षका साथ बुधवार बेलुका दुई मधेशकेन्द्रित दलको एकीकरण भयो । 

राति अबेला उनीहरूले पार्टी एकीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । 

बिहीवार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता गर्न पुगेका राजपा र समाजवादी दलका नेताहरूले आफ्नो कदमले ओलीलाई ‘झापड’ हानेको बताए । 

राजेन्द्र महतोले लोकान्तरसँगको कुराकानीमा भनेका थिए, ‘हामीले ओलीको गालामा तमाचा मार्‍यौं, उनीहरूको षड्यन्त्रलाई परास्त गरियो ।’

अनि फिर्ता भए विवादित अध्यादेश  

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै विवादित अध्यादेश फिर्ता गर्ने निर्णय गर्‍यो । 

चौतर्फी बढेको विवादसँगै पार्टीभित्रै असन्तुष्टि देखिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएर दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् । 

अध्यादेश फिर्ताको निर्णय पारित गरेपछि आजै राष्ट्रपति कार्यालयले जारी भएका दुवै अध्यादेश खारेज गर्ने सम्भावना रहेको छ । 

अध्यादेश फिर्ता गर्ने छनक प्रधानमन्त्रीले बिहीवार नै गरेका थिए । ओली अध्यक्ष प्रचण्डसँग भएको भेटघाटमा अध्यादेश फिर्ता गर्ने विषयमा सकारात्मक बनेका थिए ।

पढ्नुहोस् यो पनि -  सरकारद्वारा दुवै विवादास्पद अध्यादेश फिर्ता

बलियो बन्दै ओलीइतर समूह

पार्टीको निर्णयलाई निरन्तर अवज्ञा गर्दै एकलौटी ढंगबाट अघि बढिरहेका ओलीका लागि पछिल्लो प्रकरण एउटा ‘खराब सपना’का रूपमा अघि आएको छ । 

यसबाट २ कदमअघि बढ्न खोजेका ओली ४ कदम पछि धकेलिएका छन् । 

यससँगै पार्टीभित्र पुसताका हावी भएको ओलीइतर पक्ष थप बलियो बनेको छ । अध्यादेशको प्रतिरक्षा गर्ने ओलीपक्षका नेताहरू अहिले मौन बसेका छन् । 

‘अब कुनै निर्णय गर्नुअघि प्रधानमन्त्रीले दुईपटक सोच्नुपर्छ भन्ने शिक्षा प्राप्त गर्नुभएको छ,’ ओलीइतर समूहका एक नेताले भने, ‘यो पार्टीभित्र एकलौटी र स्वेच्छाचारिता चल्न सक्दैन भन्ने सन्देश हो ।’

दुवै अध्यादेश फिर्ता गरेर प्रधानमन्त्रीले तत्कालका लागि आफूविरुद्ध भएको राजनीतिक प्रहार छेक्न सफल भएका छन् । तर के दीर्घकालीन ढंगबाट पार्टीभित्रको समस्या समाधान होला त ? यसको यकिन छैन ।

ओलीले आफू ‘विश्वासिलो’ नभएको स्वयं पुष्टि गरिसके । 

केही दिनभित्र घटेका यी घटनाक्रमले अर्काको दल फुटाउने षड्यन्त्रको भारी बोक्न ओलीलाई बाध्य पारेको छ भने उनी जनताको नजरमा थप अपहेलित हुन पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x