×

NMB BANK
NIC ASIA

यात्राका क्रममा मानिसको शरीरमा प्रवेश गरेको कोरोना भाइरस सामान्यतया १४ वा २१ दिनमा लक्षण देखाउने मान्यता छ ।

Muktinath Bank

तोकिएको २१ दिनसम्म पनि कुनै लक्षण नदेखिए क्वारेन्टाइनको बसाइ अन्त्य गर्ने मान्यता भएपनि नेपालमा विदेश यात्राबाट घर पुगेको ५० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १७ गते बाराका ३१ वर्षीय र ४३ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण ‘पोजेटिभ’ पाइएको २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए । मिडिया ब्रिफिङमा संक्रमण पुष्टि गर्दै उनले भने, ‘बाराको सिमरास्थित अस्थायी विशेष कोरोना अस्पतालको क्वारेन्टाइनमा बसेका ३१ वर्ष र ४३ वर्षका पुरुषमा कोभिड १९ संक्रमण देखिएको हो ।’ 


Advertisment
Nabil box
Kumari

घिमिरेका अनुसार सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–१९ मा रहेको मस्दिजमा बस्दै आएका ३१ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । भारतको एक धार्मिक कार्यक्रममा सहभागी हुन गएका ती संक्रमित युवा फागुन २८ गते नेपाल आएका सरकारी अधिकारी बताउँछन् । 

Vianet communication

जितपुरसिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय पुरुष पनि ३१ वर्षीय युवासँगै फागुन २८ गते नै नेपाल आएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले ४३ वर्षीय पुरुष भने भारतबाट फर्किएपछि जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको घरमा नै ‘होम क्वारेन्टाइन’मा बसेका थिए ।

‘भारतको दिल्लीस्थित निजामुद्दीनमा भएको मर्कसमा सहभागी भएर उहाँहरू फागुन २८ गते नै फर्किएको भन्ने कुरा अनुसन्धानबाट खुलेको छ,’ एसपी पंगेनीले भने, ‘त्यसअनुसार कोरोना पुष्टि भएको अवस्थासम्म उहाँहरू नेपाल फर्किएको ५० दिन हुन जान्छ ।’ ५० दिनपछि कोरोना संक्रमण कसरी देखियो भन्ने अनुसन्धान हुन जरुरी रहेको उनले बताए । ५० दिनपछि संक्रमण देखिएका युवामा कुनै लक्षण समेत देखिएका थिएनन्, भाइरस चुपचाप लुकेर बसेको थियो । प्रयोगशाला परीक्षणबाट मात्रै कोरोना संक्रमण भएको पत्ता लागेको छ ।

गत वैशाख १४ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का ५० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका–३ का ४८ वर्षिय पुरुषमा कोरोना ‘पोजेटिभ’ पाइएको थियो । ‘त्यसबेला ती २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा केही व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो,’ सचिव घिमिरेले भने, ‘त्यसैमध्येका २ जना बारा र १ जना पर्साका व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ ।’

बाराका ती २ जनालाई वैशाख १४ गते नै सिमरामा रहेको अस्थायी विशेष कोरोना अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार क्वारेन्टाइनमा ल्याएपश्चात पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकाको  छपकैयामा एम्बुलेन्समार्फत पुर्‍याएर स्वाब संकलन गरिएको थियो ।

वैशाख १७ गते पर्साको वीरगञ्ज महानगरपालिका–२ का ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । ती पुरुषलाई पनि वैशाख १४ गते संक्रमण पुष्टि भएका वीरगञ्जका अर्का व्यक्तिको सम्पर्कमा आएका कारण उनलाई पनि वीरगञ्जमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो  ।

कोरोनाको संक्रमण पुष्टि भएका तीनैजना व्यक्तिलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार बारामा पहिलो पटक संक्रमण पुष्टि भएका ती दुवै जनाको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्नेदेखि अन्तर्वार्ता लिने काम थालिएको बताए ।

‘संक्रमितहरू बस्ने बाराको जीतपुरसिमरा उपमहानगर वडा नम्बर ७ र १९ लाई शिलबन्द गरिएको छ,’ पण्डितले भने, ‘संक्रमितमध्येबाट १ जनाको परिवारका २ जना सदस्यहरू तथा अर्का व्यक्तिको ५ जना पारिवारिक सदस्य गरेर ७ जनालाई छुट्टै क्वारेन्टाइनमा समेत राखिसकेका छौं ।’ सातै जनाको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाउने तयारी समेत गरिएको उनले बताए ।

उच्च जोखिममा प्रदेश २ 

भारतसँग खुला सीमा भएका कारण चोरीछिपी भारतबाट नेपाल भित्रिने क्रम पूर्णरुपमा नियन्त्रण हुन नसकेका कारण प्रदेश २ का ८ वटै जिल्ला उच्च जोखिममा रहेका छन् । हालसम्म प्रदेश २ मा १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पर्सामा ६ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना नारायणी अस्पताल वीरगञ्जमा उपचार गराएर निको भई घर फर्किसकेका छन । बाँकी ८ जना उपचाररत छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x