कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
कर्णाली प्रदेश सरकारले १० दिनअघि अन्य प्रदेशबाट आउने तरकारी र फलफूललाई निषेध गर्ने निर्णय गर्यो । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले निर्णय लिएको भएपनि त्यसको सकारात्मक प्रभावले कर्णाली स्थानीय कृषक हौसिएका छन् ।
‘विगतमा आफ्नै बारीको साग बिक्री गर्न हम्मेहम्मे पर्थ्यो । अहिले हामी डोकोमै साग तरकारी बोक्दै घरघर गइरहेका छौं,’ वीरेन्द्रनगर नगरपालिका–१ रेडियो नेपाल नजिक बस्दै आइरहेकी चंखे बुढाले भनिन्, ‘लकडाउनमा समाजसेवा पनि हुने र २–४ सय आम्दानी पनि हुने अवस्था बल्ल आएको छ ।’
विगतमा साग बिक्री गर्दा आम्दानी थोरै हुने गरेको बताउँदै उनले लकडाउनले कर्णालीको तरकारी कर्णालीमा बिक्री हुने अवस्था आएको बताइन् ।
डोकोमा तरकारी बोकेर घरघर पुग्दै आलु, काँक्रा, बन्दा, साग बेच्दै आइरहेको स्थानीय दिपा काफ्लेले बताइन् । ‘लकडाउनभन्दा पहिला अन्य क्षेत्रबाट सस्तोमा साग आउँथ्यो, तरकारी आउँथ्यो, व्यापारीले हामीले मागेकोभन्दा किन्न चाहेको मूल्यमा बिक्री गर्नुपर्थ्यो, त्यसले हाम्रो मन पोलिरहन्थ्यो,’ उनले भनिन्, ‘अब लकडाउन खुलेपनि हामीले हाम्रो उत्पादनको सही मूल्य पाउन सक्छौं कि जस्तो लाग्ने गरेको छ ।’
बजारमा खरिद गर्दा ३० रुपैयाँ प्रतिमुठा पर्ने साग उनले १० रुपैयाँमा नै बिक्री गर्दै आइरहेकी छन् । विगतमा किसानले सागको मुठा पसलमा ५ रुपैयाँमा बेच्नुपर्ने र व्यापारीले ३० रुपैयाँमा बेच्ने गरेका थिए । अब किसान नै उपभोक्ताको घरसम्म पुगेर १० रुपैयाँमा साग बेचिरहेका छन् । एकातिर किसानले बढी मूल्य पाएका छन् भने अर्काेतिर उपभोक्ताले सस्तोमा साग पाएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–८ का सन्तोष विश्वकर्मा आजकाल आलु तरकारी बिक्री गर्दै बजारमा आउँछन् । विगतमा उनी ज्याला मजदुरी गर्दा दैनिक ७०० रुपैयाँ कमाउँथे भने अहिले तरकारी बेच्दा दैनिक १ हजार २०० रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । ‘मैले राहतका लागि कसैसँग सहयोग माग्नुपरेन । दिनभर ५० किलो भारी टाउकोमा बोकेर ज्याला गर्छु । प्रतिकिलो आलु र काँक्रामा मात्र १० रुपैयाँ नाफा खाएर बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘मेहनत गरे पेट पाल्न पैसा कमाउन सकिन्छ, बस लाज मान्नुभएन ।’
वीरेन्द्रनगर–५ का लक्ष्मण सिजापतिले मेहनत गरे राहतको आश गर्ने अवस्था नरहेको बताए । ‘वीरेन्द्रनगरमा मात्रै दैनिक ५०० भन्दा बढी डोकोमा तरकारी बिक्री गर्ने महिला तथा पुरुषहरू सक्रिय छन् । ग्राहकलाई तरकारी अभाव हुन दिएका छैनन् । घरमै विषादीरहित ताजा तरकारी खान पाइएको छ,’ उनले भने ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार शुरूमा कर्णालीमा अन्य प्रदेशबाट आउने तरकारी रोक्दा समस्या हुन्छ भनेर केहीले सोचेपनि त्यो सोचलाई कर्णालीका किसानले पूर्ण असफल बनाइदिएका छन् ।
‘लकडाउनले हामीमा उत्साह दिएको छ, स्थानीय उत्पादनलाई बढीभन्दा बढी प्रयोग भइरहेको छ । यो देख्दा खुशी लाग्छ,’ उनले भनिन्, ‘अब हामीले बनाइरहेको बजेटलाई उत्पादनसँग, बजारीकरणसँग जोड्नेछौं । सकेसम्म अन्य प्रदेशबाट कमभन्दा कम वस्तु आयात गर्ने र बढी निर्यात गर्ने खालको नीति तय गर्नेछौं ।’
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...