०३ साउन २०८३, आइतबार

काेहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बैशाख ३०, २०७७
काेहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ
प्रतिकार्यात्मक तस्वीर।

बाँकेको कोहलपुर नगरपालिकामा ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।

कोहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको समूहले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाब संकलन गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्