×

NMB BANK
NIC ASIA

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको बिहीवार बिहान मृत्यु भएको छ ।

Muktinath Bank

यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ पुरकोटदह घर भई देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक (हेडसर) रहेका उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रादेशिक स्वास्थ्य निर्देशनालयका फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बिहीवार बिहान ७ः१० बजे उनको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Vianet communication

बुधवार नै उनको मृत्यु भएको केही मिडियामा समाचार आएपछि अस्पतालले खण्डन गरेको थियो । उनको शव व्यवस्थाका लागि प्रदेश सरकार र सुरक्षा निकाय जुटेको छ ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारत थिए । 

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलवार बुटवलको कोरोना विशेष अस्पताल सार्न सकिएको थिएन । कोरोना पुष्टि भएपछि बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीले क्रिमसन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यहीँ नै उपचार भएको थियो । यसअघि ५ नम्बर प्रदेशमा बाँकेको नरैनापुरको क्वारेन्टाइमा रहेका १ युवाको पनि मृत्यु भएको थियो । 

मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले उनलाई कसरी कोरोना संक्रमण भयो भनेर सबै अचम्ममा परेको बताए । ‘उहाँ कहीँ पनि जानुभएको छैन । कसरी संक्रमण भयो अचम्म भयो,’ अध्यक्ष केसीले भने । रिपोर्ट साटिएको हुनसक्ने भन्दै आफूले पुनः जाँच गर्न अनुरोध गरेको बताए । उनको पुनः स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ ।

हाल मदाने गाउँपालिका शिल गरिएको छ । गाउँका ३० जनाको स्वाब संकलन गरी पीसीआर जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको केसीले बताए । ‘पुरकोटदहको क्लिनिकमा जाँच गराउँदा जन्डिस र मृगौलाको समस्या देखिएको रहेछ । त्यहाँबाट उनी अर्घाखाँचीको छायाँ पोलिक्लिनमा गए । त्यहाँ ३० मिनेट बसेर उनी एम्बुलेन्समार्फत क्रिमसन अस्पताल आएका थिए । पुनः जाँचको रिपोर्ट आइसकेको छैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x