×

NMB BANK
NIC ASIA

अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता

जेठ १०, २०७७

NTC
Premier Steels

सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढिरहेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादले फेरि एकपटक दुवै शक्तिलाई एकै ठाउँमा उभ्याएको छ । अतिक्रमण भूमि फिर्ता लिन सत्ता पक्ष नेकपा र प्रतिपक्ष कांग्रेस एकै ठाउँमा उभिएका हुन् ।

Muktinath Bank

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सत्ता पक्ष र प्रतिपक्ष सीमाका सवालमा एक ठाउँमा उभिएका छन् । गत मंगलबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा पारित गरेको थियो भने बुधबार मात्रै भूमिसुधारमन्त्री पद्मा अर्यालले सो नक्सा सार्वजनिक गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसयता भारतीय सञ्चार माध्यमसहित देश–विदेशमा नेपालले जारी गरेको नयाँ नक्साका विषयमा बहस जारी छ । भारतीय पक्षले नेपालले जारी गरेको नक्सालाई मान्यता नदिने बताएको छ । त्यसपछि भारतीय सञ्चार माध्यमले बिनातथ्य नेपालले नै भारतीय भूमि अक्रिमण गरेको गलत दाबी गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

बुधबार भारतीय एक टेलिभिजन च्यानलसँगको संवादमा प्रमुख प्रतिपक्षी दलका नेता डा. मीनेन्द्र रिजालले खरो रूपमा सीमाका विषयमा सरकार र प्रतिपक्षबीच मतान्तर नरहेको र एउटै कित्तामा रहेको जवाफ दिएका थिए । सो क्रममा नेता रिजालले आन्तरिक राजनीतिका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतान्तर रहे पनि सीमाका सवालमा पुरै देश एकै ठाउँ रहेको जवाफ दिएका थिए ।

Vianet communication

‘मेरो देशको संसद्मा प्रतिपक्षको कुर्सीमा हुँला तर देशको सीमाको विषयमा म प्रधानमन्त्रीसँगै अडिग छु,’ नेता रिजालले भारतीय एक टेलिभिजनमा अन्तर्वार्ताकारसँग भनेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपालसँग आफ्नो भूमि दाबी गर्ने प्रशस्त आधार र प्रमाण रहेको जनाए ।

उनले सो मुद्दालाई विगतबाट कांग्रेस नेतृत्वले उठाउँदै आएको जनाउँदै वर्तमान समयमा सरकारले कूटनीतिक माध्यमबाट समाधान खोज्न गम्भीरता देखाउनुपर्ने बताए । ‘यो मुद्दा हामीले पनि उठाइरहेको हौं, राष्ट्रिय मुद्दामा सरकार प्रतिपक्ष भन्ने हुँदैन । हामी यो मुद्दामा एकै ठाउँमा छौं । सरकारले यसमा कूटनीतिक निकास खोज्न गम्भीरता देखाउनुपर्छ,’ महतले राजधानीसँग भने ।

कांग्रेसकै अर्का युवा नेता गगन थापाले सिंगो देश सीमाका सवालमा एक ढिक्का रहेको भन्दै सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका छन् । थापाले बिहीबार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको क्षेत्र भएकाले नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न भारतीय प्राध्यापक सुकदेव (एसडी)मुनिलाई चेतावनी दिएका हुन् । बिहीबार मुनिले नेपालको निर्णय क्षमतामाथि प्रश्न गर्दै ट्वीट गरेका थिए ।

थापाले जवाफ दिँदै लेखेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको क्षेत्रभित्र पर्छ भन्ने कुरामा प्रस्ट हुनुहोस् । यो विषयमा हामी सशक्त रूपमा सरकारको पक्षमा उभिनेछौं ।’

कांग्रेसकै अर्का युवा नेता प्रदीप पौडेलले समेत घरेलु राजनीतिमा हजारौं विमति भए पनि राष्ट्रियताको सवालमा कांग्रेस सरकारसँगै रहेको जवाफ दिएका छन् । भारतसँग कूटनीतिक रूपमा वार्ता गरेर समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा सामाजिक सञ्जालमा समेत सरकारलाई आग्रह गरिएको छ भने भारतीय प्रवृत्तिको चौतर्फी विरोध भइरहेको छ ।

अन्तर्राष्ट्रिय कानुनका जानकारहरूले भारतीय अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान सक्ने नेपालको आधार भएको बताएका छन् ।

तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धि, नेपालले गरेको जनगणना, अतिक्रमित भूमिका जनताले नेपालमा कर तिरेको दस्तावेज, नेपाल सरकारले भारत र चीनलाई पठाएको ‘प्रोटेस्ट नोट’ लगायत दस्तावेज अन्तर्राष्ट्रिय अदालत जानका लागि बलियो प्रमाण भएको उनीहरूको तर्क छ । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x