माटोको ढिस्काले पुरेर मृत्यु

प्रतिकार्यात्मक तस्वीर।

माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

घर नजिकैको जङ्गलमा माटो लिन जाँदा बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डाका ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिए। ढिस्कोले पुरिँदा सोही ठाउँका १९ वर्षीया कल्पना खड्का र नौ वर्षीय सुनिल ढुङ्गाना घाइते भएका प्रहरीले जानकारी दिएको छ। 
 
घाइतेको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र शव परीक्षणका लागि टीकापुर पठाइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्