पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भारतबाट कर्णाली आउने नागरिकहरूको लावालस्कर लाग्न अझै रोकिएको छैन ।
चामुण्डा विन्द्रासैनी नगरपालिका ५ दैलेखका पदम विश्वकर्मा भारतको उत्तराखण्डमा ज्याला मजदुरी गर्न गएका थिए । लकडाउनका कारण उनलाई त्यहाँ काम गर्ने वातावरण मिलेन ।
उनी १ महिना पहिले नै घर फर्कने मौका कुरेर बसेका थिए । ‘भारतमा रहँदा रोग र भोकले मरिन्छ कि भन्ने डरका कारण हामी गाउँ फर्किएका हौं,’ लोकान्तरसँग फोनमा कुरा गर्दै उनले भने, ‘खाली हात भए पनि फर्कन पाएका छौं । यसमा खुशी लागेको छ तर भाडा भने अचाक्ली लिइएको छ ।’
अन्य समयमा महेन्द्रनगरदेखि चामुण्डा विन्द्रासैनीको जबमुकाँधसम्म आउँदा ११ सय भाडा लाग्ने गरेपनि अहिले ५ हजार तिर्नु परेको उनको गुनासो छ ।
‘५ हजार नदिएसम्म गाडी अगाडि बढाउन मानेनन्,’ उनले भने, ‘बरु भोकै यात्रा गरौंला भन्दै भएको सबै गाडी भाडा दिएर घर आयौं ।’
आफूहरूले चर्को भाडा तिरेपनि कसैले कति तिरेको भनेर नसोधेको उनको गुनासो छ । ‘सरकार छ भन्थे, तर हामी जस्ता गरिबलाई लुट्नेहरूलाई कसैले केही गर्दा रहेनछन् । ५ हजार रुपैयाँ तिरेर घर फर्कनुपरेको छ,’ उनले भने ।
दैलेख आठबीस नगरपालिका वडा नम्बर ६ का रंगराज पुरी मुम्बईबाट ४ दिन पहिले मात्रै घर फर्किए । उनी नेपालगञ्ज भएर आएका हुन् । नेपालगञ्जबाट उनले २ हजार रुपैयाँ भाडा तिरेर आए ।
‘अन्य समयमा यात्रा गर्दा ७ सय तिर्ने गरेका थियौं,’ उनले भने, ‘तर यो पाली २ हजार तिर्नुपर्दा मन पोलिएको छ ।’
उद्धार गरिनु राम्रो भएपनि भाडादर कायम गरेर मात्रै नागरिकलाई ल्याउनु पर्नेमा राज्य त्यसमा चुकेको उनको भनाइ छ । ‘कम्तिमा राज्यले कहाँको कति भाडा लिने भन्ने कुरा टुंगो लगाइदिनु पर्ने हो,’ उनले भने, ‘तर यहाँ व्यवसायीको मनमर्जी चलेको छ । जसले जति भाडा लगेपनि कसैलाई केहि वास्ता छैन । मर्ने त आखिर हामी जस्तै सोझा साझा त हौं नि ?’
चौकुने गाउँपालिका ५ सुर्खेतका रमेश शाहीले नेपालगञ्ज देखि सुर्खेत आउँदा आठ सय तिरे भने वीरेन्द्रनगर देखि गुटु जाँदा ५ सय तिरे । नेपालगञ्ज सुर्खेत भाडा सामान्य समयमा साढे २ सय हो भने वीरेन्द्रनगर गुटुको भाडादर २ सय हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यो अवस्थामा अन्यत्र जिल्लाबाट नै वयवस्थापन भई हजारौं नागरिकहरू कर्णाली आइरहेको बताए । ‘जुन जिल्लामा उहाँहरू आउनुभएको छ, उतैको संयन्त्रले कर्णाली बस खोजेर पठाउने गरेको छ । संकटको बेलामा उहाँहरूले व्यवस्थापन गर्नुभएको छ,’ उनले भने, ‘यहाँबाट खासै यात्रुको उद्धार गर्नु नपरेका कारण भाडाका बारेमा हामीले केहि गरेका छैनौं ।’
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...