×

NMB BANK
NIC ASIA

भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने

जेठ १७, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ । 

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा शुक्रवार अस्पताललाई हस्तान्तरण गरेको छ । १ करोड ८९ लाख १२ हजार ३१० रुपैयाँको लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताए ।


Advertisment
Nabil box
Kumari

शुरूमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी अन्यत्र सार्नुपर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरू गरिएको अवस्थामा कोभिडको प्रकोप शुरू भएसँगै यसैलाई कोभिड उपचार गर्ने गरी भवन तयार पारिएको हो । रेक्टोफिटिङ गर्ने आयोजना अन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उपचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रुपमा प्रयोग गर्ने गरी निर्माण भएको छ ।

Vianet communication

अस्पतालको मेडिकल सुपरिन्टेन्डन्ट डा. सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको भवनमा ६ शय्याको आईसीयू, ६ शय्याको एनआईसीयू, २० शय्याको वार्ड, २ आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोरलगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिए ।

निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, शय्यालगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ । ‘कोभिड भवन निर्माण सम्पन्न भएको छ, भवनका लागि आवश्यक श्यया, ओछ्याउन म्याट, फर्निचर लगायतका सामग्रीको जोहो गरी बिरामीका लागि आवश्यक सामान राख्दैछौं, स्वास्थ्य मन्त्रालयले चिकित्सिकको टोली पठाउने भएको छ, अब तत्काल यहीबाट कोभिडको उपचार शुरू गर्छौं,’ उनले भने ।

लकडाउन लम्बिएपछि ठेकेदारले रोकेको उक्त भवन निर्माण सम्पन्न गर्न नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति एवं कर्णेल शिव पौडेलले निकै सहयोग गरेको मेसु डा. गौतमले बताए । कोभिड भवन छिटो निर्माण गर्न कर्णेल पौडेलसँगै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई, अस्पतालका स्वयंसेवक आरएनए ग्रूपका अरुण सैंजू सहितको टोलीको अथक प्रयासले अस्पताल भवन छिटो निर्माण सम्पन्न भई कोरोना संक्रमितको उपचार छिटो गर्न सकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । – रमेश गिरी/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x