×

NMB BANK
NIC ASIA

तनहुँमा पनि कोभिड– १९ संक्रमण पुष्टि, गण्डकीमा २४ पुगे संक्रमित

जेठ १८, २०७७

NTC
Premier Steels

तनहुँ जिल्लामा पनि कोभिड- १९ संक्रमणका बिरामी भेटिएका छन् । यससँगै गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा कोभिड फैलिएको छ ।

Muktinath Bank

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनको नतिजा कोरोना पोजेटिभ आएको थियो ।


Advertisment
Nabil box
Kumari

ती युवक ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै, स्याङ्जामा समेत आइतबार थप २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

Vianet communication

गल्याङ नगरपालिकाका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका वर्ष २७ र वर्ष ४० का पुरुषमा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

संक्रमित बिरामीहरूलाई उपचारका लागि सम्बन्धित जिल्लाको अस्पतालमा लैजाने तयारी भइरहेको जनाइको छ ।

गण्डकीमा हालसम्म संक्रमितको संख्या २४ पुगेको छ, तीमध्ये ३ जना निको भई घर फर्केका छन् ।

गण्डकी प्रदेशमा पहिलोपटक चैत दोस्रो साता कोभिड– १९ संक्रमण भेटिएको हो । चैत ४ मा कतार एयरवेजमार्फत आएकी बागलुङकी  १९ वर्षिया युवतीमा चैत १२ मा कोरोना पुष्टि भएको थियो ।

बागलुङसहित क्रमशः नवलपुर, लमजुङ, स्याङ्जा, म्याग्दी र तनहुँमा कोरोना भेटिएको हो ।

प्रदेश राजधानी पोखरा रहेको कास्की जिल्लामा भने हालसम्म कोभिड १९ को संक्रमण भेटिएको छैन ।

हेर्नुहोस्, विज्ञप्ति :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x