भारतसँगको सीमामा चीनले तैनाथ गरेको छ यस्ता खतरनाक हतियार

भारत र चीनबीच चलिरहेको सीमा विवादका कारण दुवै देशका सेनाबीच आमनेसामनेको स्थिति छ । चीनले भारतीय सीमा नजिक लडाकू विमान तैनाथ गरेपछि भारत चिन्तामा परेको छ । 

चिनियाँ सेनाले पूर्वी लद्दाख नजिक लडाकू विमान उडाइरहेको छ । त्यहाँबाट केही पर चिनियाँ सेनाको एयरफोर्स बेस छ । भारतीय सुरक्षा निकायहरू चीनको गतिविधिमाथि निगरानी गरिरहेका छन् । 


Advertisement

चिनियाँ वायुसेनाले सीमामा जे–७ र जे–१७ जस्ता लडाकू विमान तैनाथ गरेको छ । अनि भारतीय वायुसेनाले लद्दाखको एयरबेसमा सुखोई ३० एमकेआई, मिराज २०००, मिग २९ र एलसीए तेजस जस्ता फाइटर जेट तैनाथ गरेको छ । 

चीनको जे–७ फाइटर जेट कुनै पनि मौसममा आकाशबाट जमीनमा मार हान्न सक्षम छ । यो ध्वनिको भन्दा तीव्र गतिमा निकै अग्ला ठाउँहरूमा उड्न सक्छ । वायुसीमाको रक्षाका लागि यसलाई प्रभावकारी मानिन्छ । 


Advertisement

अनि जे–१७ फाइटर जेट सिंगल इन्जिन तथा कम तौल भएको बहुउद्देश्यीय लडाकू विमान हो । यसलाई छङ्दु एयरक्राफ्ट कर्पोरेसनले विकसित गरेको हो । सन् २००३ मा बनेको यो विमान सन् २००७ देखि उपयोगमा ल्याइएको हो । 
यो फाइटर जेट मध्यम दूरीमा आकाशबाट आकाशमा मार हान्ने मिसाइल, स्याटेलाइट गाइडेड बम, ग्य्राभिटी बम, एन्टीशिप मिसाइल, एन्टी रेडिएसन मिसाइल र रकेट लोन्चर जडित छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्