काेराेना कहरमा अध्यात्म: रविशंकरसँग नेपाली नेताहरुकाे भर्चुअल संवाद हुने

द आर्ट अफ लिभिङ’ का संस्थापक गुरुदेव श्रीश्री रविशंकर र नेपाली नेताहरुबीच भर्चुअल संवाद हुने भएकाे छ।

द आर्ट अफ लिभिङ नेपालकाे आयाेजनामा बुधबार र शुक्रबार हुने भर्चुअल संवादमा नेपालका कयाैँ नेताहरु, प्रशासक, चिकित्सक तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी हुने छन्।


Advertisement

जुमबाट हुने स‌ंवादमा हाल विश्वभर फैलिएकाे काेराेना भाइरस, आगामी बाटाे र अध्यात्मसहितका विषयवस्तुमा छलफल हुने आयाेजकले जनाएकाे छ।

आयाेजकका अनुसार बुधबार हुने 'स्पिरिचुआलिटी इन पेन्डामिक क्राइसिस म्यानेजमेन्ट' सत्रकाे संवादमा रविशंकरसँग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा नेता सुरेन्द्र पाण्डे, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महताे जाेडिनेछन्।


Advertisement

त्यस्तै, द आर्ट अफ लिभिङ फाउन्डेसन नेपालका सिद्धेश्वरकुमार सिंह, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेत्र चिकित्सक डा. सन्दुक रुइत, पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि साेही सत्रमा सहभागी हुने आयाेजकले विज्ञप्तिमार्फत जनाएकाे छ। उक्त सत्रकाे सहजीकरण द आर्ट अफ लिभिङ फाउन्डेसन नेपालका सहसचिव डा. सन्दीप शाहले गर्नेछन्।

आयाेजकका अनुसार शुक्रबार 'रोल अफ इन्स्पाइरेसनल लिडर्शिप इन अन्शर्टेन टाइम्स' सत्र राखिएकाे छ। 

उक्त सत्रमा रविशंकरसँग आनी छाेइङ डाेल्मा, संयुक्त राष्ट्रसंघीय समितिकी बन्दना राणा, संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम, नेपाल विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ, पूर्वराजदूत डा. शंकरप्रसाद शर्मा, सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारश खड्का, सीजी ग्रुप ग्लाेबलका म्यानेजिंग डाइरेक्टर निर्वाण चौधरी संवाद गर्नेछन्। उक्त सत्रकाे सहजीकरण द आर्ट अफ लिभिङ नेपालका निभा माथेमा प्रधानले गर्ने आयाेजकले जनाएकाे छ।

द आर्ट अफ लिभिङ नेपालका मिडिया काेर्डिनेटर गाैरभ कँडेलका अनुसार दुबै दिनकाे संवादकाे सामाजिक सञ्जालबाट लाइभ गरिनेछ, ताकि दर्शक/श्राेताले पनि संवाद हेर्न र सुन्न पाउन। यस्ताे संवाद विगतका  ४५ दिन भइरहेको थियो जसमा विश्वका भइरहेकाे १ सय ५६ भन्दा बढी देशका दर्शक श्रोताहरू सम्मिलित हुँदै आइरहेका छन् ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्