×

NMB BANK
NIC ASIA

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ।  

Muktinath Bank

नेकपा महासचिव विष्णु पौडेलका अनुसार नागरिकतासम्बन्धी विधेयक लगायतका विषयमा छलफल गर्न बिहान ९ बजेका लागि सचिवालय बैठक तय भएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा पनि वैवाहिक अङ्गीकृत नागरिकताको सवाल पेचिलो बनिरहेका बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी ओलीले बिहीबार मात्र नेकपा र  प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल गरेका थिए।

Vianet communication

कांग्रेसका नेताहरुले विद्यमान कानुनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानुनविपरीत हुने र वैवाहिक अङ्गीकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गरेका थिए। नेकपासहित दलका कतिपय नेताहरुले विदेशी महिला विवाह गरेर नेपाल आएकाे ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिनुपर्ने तर्क गरिरहेका छन्। तर यस व्यवस्थाले महिलामाथि विभेद हुने भन्दै आलोचना गर्नेहरु पनि उत्तिकै छन्।

लामो समयदेखि संसदमा अड्किएको यो विधेयकलाई टुंगो लगाउनुपर्ने दबाबमा रहेको सरकारले पार्टीभित्र पनि सहमति खोज्ने प्रयास गरिरहेको हो।

यसै सन्दर्भमा शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा नेकपाकै नेताहरुसँग छलफल गरेका थिए। छलफलमा नेताहरुले 'सचिवालय बैठक कहिले बस्छ ?' भनेर प्रश्न गरेका थिए।

जवाफमा ओलीले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

छलफलमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पनि सहभागी थिए। समितिमा रहेका नेकपाका नेताहरुले नागरिकता विधेयकमा नेतृत्वको 'ग्रिन सिग्नल' खोजिरहेका छन्।   

पछिल्लो पटक नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ। 

यसअघिका बैठकका एजेण्डा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रहँदै आएकोमा भोलिको बैठकको मुख्य एजेण्डा नागरिकता विधेयक रहनेछ।

यद्यपि, बैठकमा एमसीसीसहितका विषयमा समेत छलफल हुने ठानिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x