०५ साउन २०८३, मंगलबार

राष्ट्रिय निकुञ्जबाट निस्केकाे बाघको आक्रमणबाट दुई जना घाइते

राष्ट्रिय निकुञ्जबाट निस्केकाे बाघको आक्रमणबाट दुई जना घाइते
फाइल फोटो।

बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा राजापुर नगरपालिका १० लालपुर गाउँका मोहन थारु  र मझेरा गाउँका दयाराम थारु घाइते भएका हुन्।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेका अनुसार गाउँ नजिकै भैँसी चराउँदै गर्दा मोहनलाई  बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ।  दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ।  घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्