×

NIC ASIA

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक : स्टिमुलस प्याकेज ल्याउन पूर्व गभर्नरको सुझाव

असार १५, २०७७

Prabhu Bank
NTC
Premier Steels

साउनको पहिलो साता सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ ।

Muktinath Bank

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी भइरहेको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस (कोभिड– १९)को महामारीका बीच सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई साथ दिनेगरी राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति तय गर्नुपर्ने छ । 


Advertisment
Nabil box
Kumari

मौद्रिक नीतिमा कस्ता कार्यक्रम ल्याउने भन्ने विषयमा राष्ट्र बैंक यतिखेर सुझाव संकलन गरिरहेको छ । 

Vianet communication

‘कोरोनाभाइरसले शिथिल पारेको अर्थतन्त्रलाई माथि उकास्ने गरी मौद्रिक नीति तय गर्नुपर्ने दायित्व छ’, प्रवक्ता भट्टले भने, ‘हामी यसका लागि सुझाव संकलन गरिरहेका छौं ।’ 

सुझाव संकलनसँगै राष्ट्र बैंकले सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने छ । अहिले प्रारम्भिक चरणमा नै मौद्रिक नीति बनाउने काम भइरहेको भन्दै उनले सरकारले बजेटमार्फत राखेको आर्थिक वृद्धिको लक्ष्यलाई टेवा पुग्नेगरी मौद्रिक नीति आउने बताए । 

कोरोना महामारीका बीच सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७.३ प्रतिशतको आर्थिक वृद्धि ल्याउने महत्वाकांक्षी लक्ष्य अगाडि सारेको छ । मौद्रिक नीतिले पनि त्यो लक्ष्यलाई पूरा गर्ने तबरले कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ । 

नेपालमा कोरोना महामारी शुरू भएसँगै गभर्नरको रूपमा केन्द्रीय बैंकको बागडोर सम्हालेका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने पहिलो मौद्रिक नीतिमा कस्ता कार्यक्रम आउँछन् भन्नेमा चासो बढेको छ । 

‘बजेटले नल्याएको स्टिमुलस प्याकेज मौद्रिक नीतिले ल्याओस्’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री अहिले आउने तयारीमा रहेको मौद्रिक नीतिले कोरोनाभाइरसका कारण थिलथिलो परेको अर्थतन्त्रलाई माथि उकास्न ‘स्टिमुलस प्याकेज’ ल्याउनुपर्ने बताउँछन् । 

उनले बजेट र मौद्रिक नीति एक अर्कासँग मिल्दोजुल्दो हुने भन्दै सरकारले भनेका रकमहरूलाई चनाखो भएर हेर्न राष्ट्र बैंकलाई सुझाव दिए । 

लोकान्तरसँग उनले भने, ‘सरकारले चर्चा बटुल्न धेरै पैसा खर्च गर्छ । सेवा र वस्तुको त्यही अनुसार उत्पादन हुन नसकेमा मूल्यवृद्धि बढाउँछ । मूल्यवृद्धि बढाउने भएपनि केन्द्रीय बैंकले आफ्नो जिम्मेवारी पूरा नगरेको जस्तो देखिन्छ, त्यसकारण सजग भएर सरकारले भनेका रकमहरू सदुपयोग हुन्छन् भनेर चनाखो भएर हेरिरहनुपर्छ ।’

बजेटले सम्बोधन नगरेको कुरा पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘बजेटमा ठोस कुरा आएको छैन, त्यसकारण बजेटले सम्बोधन नगरेको कुरामा पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ ।’

उद्योगी व्यवसायीलाई राहत दिनेगरी आर्थिक वर्ष २०७६/७७ को सावाँब्याज एकमुष्ट आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्मलाई सारिदिन उनले राष्ट्र बैंकलाई सुझाव दिए ।

उनले भने, ‘राष्ट्र बैंकले यसो गर्न सकेमा दायित्व पनि सर्छ र स्टिमुलस प्याकेज गरेको देखिन पनि सक्छ । राहत पनि पाउँछन् ।’

महामारीका बीचमा राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउनुपर्नेमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलकबहादुर रावलले जोड दिए । 

उनले अब आउने मौद्रिक नीति पूर्ण लचकतासहित तरलता छाडेर आर्थिक क्रियाकलाप सञ्चालन गने वातावरण बनाउनेतर्फ उन्मुख हुने बताए । 

लोकान्तरसँग उनले भने, ‘पूर्ण लचकतासहित तरलता छाडेर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने वातावरण बनाउनेतर्फ भूमिका बनाउन सक्छ । यसो गर्दा सरकारले तय गरेको आर्थिक वर्षको आर्थिक वृद्धिलाई सहयोग गर्न सक्छ ।’

महामारीका बेलामा वित्तीय संघ–संस्थाहरूको हातमा राष्ट्र बैैंकले बढी नगद प्रवाह गर्नुपर्ने बताउँदै उनले त्यसका लागि अनिवार्य नगद मौज्दात (सीआरआर) घटाउनुपर्ने बताए । 

उनले भने, ‘सीआरआरलाई मौद्रिक नीतिले तलमाथि गर्न सक्छ । अब ५ प्रतिशत हैन २ / ३ प्रतिशतमात्र गर्नुपर्छ ।’

उनले राष्ट्र बैंकले वित्तीय संस्थालाई कम ब्याजदरमा पूँजी उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

राष्ट्र बैंकले कम ब्याजदरमा पूँजी उपलब्ध गराएमात्र उनीहरूले उद्यमी, व्यवसायी, कृषक लगायतलाई कम ब्याजदरमा ऋण दिन सक्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x