विश्वभर काेराेना संक्रमितको संख्या एक करोड १३ लाख

फाइल फोटो।

विश्वभर काेराेना भाइरसका कारण मृत्यु हुनेको संख्या एक करोड १३ लाखभन्दा बढी पुगेको छ। संक्रमितमध्ये पाँच लाख ३२ हजारभन्दा बढीकाे ज्यान गएकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ।


Advertisement

निको हुनेको सङ्ख्या ६२ लाखभन्दा बढी रहेको छ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ। सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ।


Advertisement

यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ मात्रै रहेको छ। 

सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रुस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन्।  

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारीको अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो। सर्वप्रथम कोरोनाभाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्