औषधि व्यवस्था विभागबाट २ औषधिमा रोक

न्यून गुणस्तर रहेको जनाउँदै २ प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका २ औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।


Advertisement

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मंगलवार निर्देशन दिइएको बताइएको छ ।


Advertisement

विभागले औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्