मुलुकबाट ९ सय नेपाली स्वदेश फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत ९ सय ५६ यात्रु काठमाडौँ आएका छन्।

नेपाल वायुसेवा निगमले दुबईबाट १ सय ५० नेपालीलाई स्वदेश फर्काएको छ। सोही एयरलाइन्सले दोहाबाट १ सय ४८ यात्रु काठमाडौँ ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एयरलाइन्स बुधबार राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ।


Advertisement

हिमालय एयरलाइन्सले दोहाबाट १ सय ५४ र क्वालालम्पुरबाट १ सय ५१ यात्रुलाई नेपाल ल्याएको छ।  कतार एयरवेजले दोहाबाट १ सय ७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १ सय ७६ यात्रुलाई नेपाल ल्याएको छ। उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ। 

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ। त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ।


Advertisement

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्