नेतृत्वलाई नेकपाका दोस्रो तहका नेताहरुकाे सुझाव- सडक प्रदर्शन रोकियाेस्

फाइल फोटो।

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) काे विवाद चुलिरहेका बेला नेताहरुले निकास खाेज्न नेतृत्वलाई आग्रह गरेका छन्।

नेकपा स्थायी कमिटी बैठक बस्ने एक दिन अघि नेकपाका नेताहरुले सामाजिक सन्जालमा भइरहेकाे टिकाटिप्पणी राेक्न आग्रह गरेका हुन्। अहिले विशेषगरी पूर्वमाओवादी र पूर्वएमालेका नेता कार्यकर्ताहरु एकअर्काप्रति सामाजिक सन्जालमै टिकाटिप्पणी गरिरहेका छन्।


Advertisement

 बिहीबार साँझ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएकाे छलफलमा नेताहरुले  सडकमा भइरहेका प्रदर्शन रोक्न पनि माग गरेका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा भन्दै प्रदर्शन भइरहेकाे छ। त्यसैगरी, एकताको नयाँ आधार तयार पार्न र आवश्यक परे स्थायी समिति बैठक अझै सारेर भए पनि निकास दिन पनि नेताहरुकाे सुझाव छ।

नेकपा स्थायी कमिटी बैठक पछिल्लाे समय बस्दै नबसी स्थगित हुँदै आएकाे छ। भाेलिका लागि बाेलाइएकाे स्थायी कमिटी बैठकका बारेमा पनि यकिन छैन। 


Advertisement

छलफलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई सहभागी थिए। त्यस्तै स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, शंकर पोखरेल पनि सहभागी थिए। 

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय पेचिलो बन्दै गएको छ। कतिपय नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। तर, ओली आफ्नो बचाउ गर्दै स्थायी कमिटी बैठक टार्दै आएका छन्।

पछिल्लो पटक पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिकजसो बालुवाटारमा छलफल गर्ने गर्छन्। तर, ठोस निकास निस्किएको छैन।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्