स्याङ्जामा कांग्रेस छाडेर नेकपा प्रवेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्याङ्जा अध्यक्ष सूर्य गैरे 'पारस'ले नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका जिल्लाका पूर्व सहसचिवलाई नेकपामा प्रवेश गराएका छन् ।

शुक्रवार स्याङ्जा पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेघनाथ भण्डारीलाई पारसले नेकपा प्रवेश गराएका हुन् ।


Advertisement

कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य सीता सुन्दास, स्याङ्जाका सांसद नारायण मरासिनीसमेत उपस्थित थिए । उनीहरूले भण्डारीलाई टिका लगाएर नेकपामा प्रवेश गराएका हुन् ।

नेकपा प्रवेश गर्दै भण्डारीले नेकपा समृद्धिको बाहक भएको र राष्ट्रियताको सवालमा अभूतपूर्व कदम चालेको भन्दै प्रशंसा गरेका थिए ।


Advertisement

देशको राष्ट्रियता कमजोर भएको अवस्थामा नेकपाले देखाएको साहस देखेर नै आफूले नेपाली कांग्रेस छाडेर नेकपामा प्रवेश गरेको उनको तर्क थियो ।

केही दिनअघि बिरुवा गाउँपालिका वडा नम्बर ४ का करीब ५० जनाले नेकपा प्रवेश गरेका थिए ।

स्याङ्जामा नेकपा प्रवेश गर्ने लहर नै चलेको दाबी अध्यक्ष पारसले गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्