×

NMB BANK
NIC ASIA

अब हरेक वडामा वाईफाई

असार २९, २०७७

NTC
Premier Steels

 नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए ।

Muktinath Bank

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महìवपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ ।


Advertisment
Nabil box
Kumari

इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ । टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो ।

Vianet communication

तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्तालाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । सर्वसाधारणमा व्यापक रूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ, उनले भन्नुभयो– धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ ।

व्यक्तिगत प्रयोगकर्ताको हकमा मोबाइल ब्रोड ब्यान्डको पहुँच र गुणस्तरलाई पनि बढी जोड दिइने उनले स्पष्ट पार्नुभयो । टेलिकमले संस्थागत प्रयोगकर्र्तालाई उपलब्ध गराउन लागेको वाईफाई सुविधाका लागि प्रयोग हुने डिभाइस तुलनात्मक रूपमा महँगो हुनेछ । यद्यपि सकेसम्म सस्तोमै सेवा उपलब्ध गराउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार अहिले उक्त डिभाइसमा टेलिफोन परीक्षणको काम भइरहेको छ । आठ सय ब्यान्डको फ्रिक्वेन्सी उपयोग हुने भएकाले टावरबाट लामो दूरीमा पनि यो सुविधा उपलब्ध गराउन सकिने उनले बताए । कम्पनीले आगामी आर्थिक वर्षभित्रै हरेक वडामा यो सुविधा पु¥याउने गरी योजना तयार गरेको जनाएको छ ।

‘१० एमबीपीएससम्मको स्पिड दिन्छौँ’

अमृत नेपाल, इन्जिनियर, नेपाल टेलिकम

हामीले गर्न खोजेको ल्यान्डलाइन फोन केन्द्रित वाईफाई सुविधा हो । उदाहरणका लागि वडा कार्यालय, शैक्षिक संस्था, सहकारीजस्ता गाउँगाउँमा छरिएर रहेका संस्थागत प्रयोगकर्तालाई फिक्स्ड फोनको पनि उत्तिकै महìव छ । हाम्रो तयारीअनुसार यसमा त्यस्तो नम्बर पनि उपलब्ध गराउन सकिन्छ ।

पहिले हामीले सीडीएमएमा फिक्स्ड फोन भनेर मात्र दिन्थ्यौँ भने अब फोरजी÷एलटीई पनि भएकाले फिक्स्ड फोन र डेटा पनि दिन सक्छौँ । त्यसैले हामीले अहिले संस्थागत प्रयोगकर्तालाई बढी लक्षित गरेका हौँ । तयारी पनि त्यसैअनुसार भइरहेको छ ।
 

डेटालाई नै हामीले वाईफाई बनाएर प्रयोगकर्तालाई उपलब्ध गराउँछौँ । यसको स्पिड फोरजीको बराबरकै हुनेछ । हामीले अहिले उच्च गुणस्तरको डिभाइसमा बढी केन्द्रित गरिरहेका छौँ, जसले एक सय एमबीपीएससम्मको स्पिड दिनसक्छ । आठ सय ब्यान्ड मात्र छ भने ७०÷८० एमबीपीएस जान सक्छ, १८ सय ब्यान्ड छ भने दुई सय एमबीपीएससम्म जान सक्छ तर हामी दुई सय एमबीपीएस नै दिने भन्ने हैन, त्यसो गर्दा मोबाइललाई असर गर्न सक्छ । त्यसैले हामीले ग्राहकलाई १० एमबीपीएस दिने गरी तयारी गरिरहेका छौँ ।  विश्वास रेग्मीले गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x