कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
असार २९, २०७७
रूपन्देहीका निजी विद्यालयहरुले आफ्ना शिक्षकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन्। वैशाख महिनादेखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा तलब दिइने भएको छ।
मासिक तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय उनीहरूले गरेका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीको सोमबार भएको भेलाले शिक्षकहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए।
लकडाउनका कारण चैत महिनादेखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकहरुको आर्थिक स्थितिलाई ध्यानमा राखी हाललाई राहतस्वरूप २५ प्रतिशतभन्दा कम नहुने गरी तलब उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए। बाँकी तलबबारे आगामी अवस्था र सरकारको निर्णयअनुसार पछि गरिने पनि उनले बताए।
"लामो समयदेखिको लकडाउनले शुल्क उठाउन नपाएका कारण निजी विद्यालयहरु आफै आर्थिक संकटमा भए पनि शिक्षक कर्मचारीहरुको स्थिति झन् नाजुक बनेकाले राहतस्वरुप तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालय व्यवस्थापनलाई अनुरोध गर्दछौं,' अध्यक्ष पौडेलले भने।
भेलाको निर्णयबारे सबै सदस्य विद्यालयका व्यवस्थापन समितिलाई पत्राचार गरिने प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीले बताए। आफ्नो विद्यालयको आर्थिक अवस्था हेरी सो भन्दा बढी पारिश्रमिक दिन सकिने पनि भेलाले निर्णय गरेको सचिव ज्ञवालीको भनाइ छ।
कार्यदलको सिफारिसपछि राहत स्वरुप तलब
महामारी नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनका कारण बन्द भएका विद्यालयमा पठनपाठन नियमित गराउन सरोकार पक्षसँग नियमित वार्ता र संवादको पहल गर्न भन्दै प्याब्सन रुपन्देहीले समस्या समाधान कार्यदल गठन गरेको थियो।
सोही कार्यदलले शिक्षक कर्मचारीको आर्थिक अवस्थाका बारेमा जानकारी लिएको थियो।
सोही आधारमा कार्यदलले प्याब्सनलाई सुझाव दिएको र भेला मार्फत निर्णय गराइएको थियो। कार्यदलको सुझावकै आधारमा पठन पाठनको व्यवस्था मिलाउने र शिक्षक कर्मचारीहरुलाई तत्काललाई पारिश्रमिकको २५ प्रतिशत रकम दिने निर्णय गरिएको कार्यदलका सदस्य हरि ज्ञवालीले जानकारी दिए।
निजी विद्यालयका शिक्षकहरु गत चैत महिनादेखि तलब नपाएको भन्दै आन्दोलित हुँदै आएका थिए। रूपन्देही जिल्लामा प्याब्सन आवद्ध दुई सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक/कर्मचारी रहेका छन्।
सुरक्षा प्रबन्धसहित पठन पाठन गराउने तयारी
यसैबीच प्याब्सनले सुरक्षा प्रबन्धसहित नियमित पठन पाठन सुरु गर्ने तयारी गरेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञसहित कार्यदले सदस्य विद्यालयहरुको अवस्थाका बारेमा अध्ययन गरेपछि बालबालिकाको सुरक्षा प्रवन्धका साथ नियमित पठनपाठन शुरु गर्न सकिने अवस्था तयार हुँदै गएको निष्कर्षमा पुगिएको वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्माले जानकारी दिए।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...