रुखको हाँगाले लाग्दा मृत्यु

दाङमा मोटरसाइकल चलाइरहेका १ व्यक्तिलाई रुखको हाँगाले लाग्दा मंगलवार बिहान मृत्यु भएको छ ।

बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।


Advertisement

रा२प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्