मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
असार ३०, २०७७
भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भारतीय जनता पार्टीलाई अहिलेको राजनीतिक संकटका लागि षड्यन्त्र गरेको र विधायक खरिदबिक्रीमा लागेको आरोप लगाएका छन् ।
पार्टीबाट निकालिएका सचिन पाइलटको हातमा केही पनि नभएको र भाजपाले पर्दापछाडिबाट खेल खेलिरहेको उनले बताए ।
‘भाजपाले लामो समयदेखि षड्यन्त्र गरेको र खरिदबिक्रीमा लागेकोले उच्च कमान्ड यो निर्णय लिन बाध्य भएको हो । यो ठूलो षड्यन्त्र हो भन्ने हामीलाई थाहा थियो । यसले गर्दा हाम्रा केही साथी भट्किए र यो दिल्लीसम्म पुग्यो,’ गहलोतले गभर्नर कलराज मिश्रलाई भेटेपछि भने ।
गहलोतले पाइलट र मन्त्रिपरिषद्का दुई अन्य मन्त्रीलाई बर्खास्त गरेका छन् ।
राजस्थान प्रहरीको स्पेसल अपरेसन्स ग्रूपले पाइलट तथा अन्य नेतालाई सरकार गिराउनका लागि षड्यन्त्र गरेको आरोपमा नोटिस पठाएपछि राजस्थानको राजनीतिक विवाद सतहमा आएको हो ।
पाइलटका समर्थकहरूले गहलोतको कदम निन्दनीय भएको बताए ।
पाइलटले १६ विधायकलाई साथै लिई राजस्थान बाहिर गएपछि शीर्ष नेताहरूले उनलाई फर्किन आह्वान गरे । तर उनले अटेरी गरिरहे ।
मंगलवारको बैठकमा पार्टी नेताहरूले विद्रोहीहरूमाथि कारवाही चलाएर कडा सन्देश दिन भने । बैठकलगत्तै पाइलटलाई राज्य इकाइ प्रमुख पदबाट हटाइएको थियो ।
पदबाट हटाइएपछि पाइलटले सत्यलाई हल्लाउन सकिने तर परास्त गर्न नसकिने भनी ट्वीट गरेका छन् । यससँगै उनले ट्विटरको बायोमा राजस्थानका उपमुख्यमन्त्री तथा राजस्थान कांग्रेस प्रमुख हटाएका छन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...